यो आलेख टर्कीस्थित साउदी राजदूतावासबाट बेपत्तापछि मारिएको भनिएका साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या र त्यसबाट सिर्जित राजनीतिक एवं आर्थिक दाउपेचमा केन्द्रित छ। खसोग्गी समग्र खाडी मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएका व्यक्ति हुन्, जो टर्कीमा स्वनिर्वासनमा थिए र अमेरिकी अखबार ‘द वासिंटन पोस्ट’का लागि लेख्थे। इतिहासमा धेरै विद्वान, पत्रकार, समालोचक लगायतले असमयमा राज्यको निशाना हुनु परेको कुरा हामीलाई थाहै छ। तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाजलाई बन्द गरेर त्यसको आर्थिक मोलमोलाइ भएको घटना चाहिँ हामी धेरैका लागि नौलो हुनुसक्छ। यसको ज्वलन्त उदाहरण हो पत्रकार खसोग्गीको हत्या प्रकरण।
_x000D_
_x000D_
१. को थिए पत्रकार खसोग्गी ?
_x000D_
साउदी सरकारका पूर्व सल्लाहकार ५९ वर्षीय खसोग्गी (ठाउँअनुसार ‘खसोक्जी’ पनि उच्चारण हुने) वर्तमान राजकुमार मोहम्मद बिन सलमानको उदयपछि विस्तारै वर्तमान सरकारका कट्टर आलोचक बने।
_x000D_
_x000D_
खासगरी उनको आलोचना भ्रष्टाचार, गैरन्यायिक गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामा बढ्दो नियन्त्रण, यमनमा राजनीतिक हस्तक्षेप, कतारलाई लगाइएको आर्थिक नाकाबन्दी जस्ता विषयमा केन्द्रित थियो। सम्पादकीय स्वतन्त्रताको पक्षमा दृढ विचार राख्ने खसोग्गी साउदी अरबमा निकै चल्तीको अखबार ‘अल–वतन’को सम्पादक थिए। तर, त्यहाँको सञ्चार मन्त्रालयको आदेशमा उनलाई सन् २०१० मा बर्खास्त गरियो।
_x000D_
_x000D_
ट्विटरमा सत्र लाखभन्दा बढी फलोअर भएका खसोग्गी साउदी अरबमा मात्रै होइन, मध्यपूर्वमा निकै चर्चित थिए। सरकारी हस्तक्षेप यति बढ्यो कि उनका लेखहरु प्रकाशन गर्न बन्देज लगाइयो। उनको ट्विटर अकाउन्ट बन्द गरियो। उनका अन्तर्वार्ताहरु साउदी रेडियो र टेलिभिजनमा प्रसारण गर्न निषेध गरियो। अर्थात् उनीसँग आफ्नो विचारहरु पोख्ने कुनै माध्यम भएन।
_x000D_
_x000D_
फलतः उनले देश छाडे र आफूलाई स्वनिर्वासनमा रहेको घोषणा गरे। उनले अघिल्लो वर्षको अक्टुबर महिनादेखि अमेरिकाबाट प्रकाशन हुने ‘द वासिंटन पोस्ट’ अखबारमा स्तम्भकारको रुपमा अरब मुलुकहरुको प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका विषयहरुमा लेख्दै आएका थिए।
_x000D_
_x000D_
_x000D_
दूतावासमा छिर्नासाथ खसोग्गीको घाँटी थिचियो, घातक सुई लगाइयो, विद्युतीय आराले हात काटियो र मारियो। त्यसपछि उनको शरीरलाई टुक्रा पारेर एउटा कार्पेटमा बेरेर दूतावासबाहिरको कुनै एजेन्टलाई लाश थन्क्याउने जिम्मा दिइयो।
_x000D_
_x000D_
_x000D_
अमेरिकी स्थायी आवास अनुमतिपत्र अर्थात् ‘ग्रीन कार्ड’ लिइसकेको भए पनि उनी टर्कीको स्तनबुलमा बस्थे। खसोग्गीका पूर्खाहरु टर्किस मूलको हुनु, अरब मुलुकका विषयवस्तुका बारेमा अमेरिकाभन्दा टर्कीमा बस्दा बढी थाहा पाइने अवस्था हुनु र आफ्नी प्रेमिका पनि त्यहीँको हुनु जस्ता कारणले खसोग्गीको प्रायः बसाइ टर्कीमा हुन्थ्यो।
_x000D_
_x000D_
उनी बेपत्ता भएको १५ दिनपछि ‘द वासिंटन पोस्ट’मा प्रकाशित उनको लेखमा अरब मुलुकहरुमा अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको बन्देजहरुका बारेमा चर्चा गरिएको थियो ।
_x000D_
_x000D_
२. पत्रकार खसोग्गी बेपत्ता छन् कि मारिए ?
_x000D_
पत्रकार खसोग्गी आफ्नी पूर्वश्रीमतीसँग छोडपत्र गरेर टर्किस प्रेमिकासँग बिहे गर्ने योजनाअनुसार कागजपत्र प्रमाणीकरण गर्न गत अक्टुबर २ मा टर्कीस्थित साउदी अरबको दूतावासमा गए।
_x000D_
_x000D_
दूतावासअघिसम्म प्रेमिका ह्याटिज जेङ्गिज पनि थिइन् तर उनलाई भित्र छिर्न दिइएन। खसोग्गी मात्रै छिरे। आफू बाहिर निस्कन ढिलो भए टर्कीका राष्ट्रपतिका एकजना सल्लाहकारलाई फोन गर्नु भनेर आफ्नो फोन पनि दिए। बाहिर कुर्दाकुर्दा पूरै दिन बित्यो तर खसोग्गी बाहिर निस्केनन्।
_x000D_
_x000D_
जब टर्कीका सञ्चारमाध्यमले खसोग्गी साउदी दूतावासभित्रै बेपत्ता भएको खबर सार्जजनिक गरे, साउदी सरकारले त्यसको प्रतिवाद ग¥यो र उनले दूतावास छिरेको एक घन्टाभित्रैमा सकुशल पछाडिको ढोकाबाट बाहिरिएको दाबी ग¥यो। खसोग्गीकै जस्तो जिउडाल भएको मान्छे उनकै लुगा र कृत्रिम दाह्री लगाएर दूतावासको पछाडिको ढोकाबाट निस्किएर हिड्यो।
_x000D_
_x000D_
यो भिडियो फुटेजलाई टर्की र सिएनएन लगायत पश्चिमी सञ्चारमाध्यमले प्रसारण गरे। अर्थात् साउदी अरबले उनलाई दूतावासबाहिर बेपत्ता भएको बनाउन हरसम्भव प्रयास ग¥यो। तर, टर्कीका राष्ट्रपति रेसेप दायिप एर्दोगनले यस विषयलाई गम्भीर ढंगले उठाए र खसोग्गीको अवस्थाबारे सूचना सार्वजनिक गर्न साउदी सरकारलाई दबाब दिए। पत्रकार बेपत्ता भएको १८ दिनपछि साउदी सरकारले खसोग्गी दूतावासभित्र कर्मचारीसँगको भनाभनमा कुटाकुट हुँदा मारिएको बतायो।
_x000D_
_x000D_
साउदी सरकारलाई यसबारे पूर्वजानकारी नभएको दाबी गर्यो तर उनको लास कहाँ छ भन्ने बताउन चाहेन। टर्की, जर्मनीलगायत पश्चिमी सरकारहरुले दबाब बढाएकाले अन्ततः साउदी सरकारका महान्यायाधिवक्ताले अक्टोबर २५ मा खसोग्गीको हत्या पूर्वनियोजित भएको स्वीकार गरे।
_x000D_
_x000D_
टर्कीका राष्ट्रपति एर्दोगनले त्यहाँको संसदलाई दिएको जानकारीअनुसार खसोग्गीलाई मार्न अक्टुबर २ तारिखमा बिहान र बेलुका दुई वटा निजी प्लेनमा फोरेन्सिक विज्ञसहित १५ जनाको टोली राजधानी अंकारा आएको थियो। दूतावासमा छिर्नासाथ खसोग्गीको घाँटी थिचियो, घातक सुई लगाइयो, विद्युतीय आराले हात काटियो र मारियो। त्यसपछि उनको शरीरलाई टुक्रा पारेर एउटा कार्पेटमा बेरेर दूतावासबाहिरको कुनै एजेन्टलाई लाश थन्क्याउने जिम्मा दिइयो।
_x000D_
_x000D_
त्यो एजेन्सी को हो र खसोग्गीको लाश कहाँ छ भन्ने अहिलेसम्म पत्तो छैन। अहिले खसोग्गीको लाशलाई एसिडमा डुबाएर गलाइएको र ढलमा हालेर बगाइएको भन्ने समाचारहरु आइरहेका छन्। टर्कीको अखबार ‘येनी सफक’ले साउदी राजकुमार बिन सलमानका दुई जना राजनीतिक सल्लाहकार खसोग्गीको हत्यामा स्काइप भिडियोमार्फत् प्रत्यक्ष संलग्न थिए र हत्या हुनुअघि खसोग्गीलाई उनीहरुले गाली गरेको अडियो फेला परेको र त्यसलाई अडियोलाई टर्की सरकारले अमेरिका, क्यानडा लगायतका देशहरुलाई उपलब्ध गराएको थियो।
_x000D_
_x000D_
यसै क्रममा साउदी सरकारले राजकुमार बिन सलमानका दुई सल्लाहकारहरुलाई खसोग्गी हत्यामा संलग्न भनी बर्खास्त गर्नुका साथै अन्य १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरु वास्तविक अभियुक्त हुन् कि होइनन् र यदि हुन् उनीहरुमाथि साँच्चिकै कारबाही हुन्छ कि हुन्न भन्नेमा अन्तर्राष्ट्रिय समुदाय विश्वस्त हुन सकेको छैन।
_x000D_
_x000D_
नोभेम्बर १६ मा रोयटर्समा प्रकाशित समाचारअनुसार खसोग्गीको हत्यामा राजकुमार सलमानको प्रत्यक्ष संलग्नता छ र उनकै निर्देशनमा हत्या भएको हो भन्ने अमेरिकी गुप्तचर विभाग (सिआइए) को ठम्याइ छ।
_x000D_
_x000D_
३. खसोग्गी हत्यापछि उब्जिएका राजनीतिक दाउपेच के हुन्?
_x000D_
साउदी अरबलाई दबाब दिएर पत्रकारमाथि भएको जघन्य अपराधको दन्डहीनता तोड्नसक्ने देश भनेको अमेरिका हो, जसले विगतमा विश्वभरि लोकतन्त्रको पाठ पढाउँदै हिड्ने गरेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिका विगतको भूमिकाबाट पछि हटेको छ।
_x000D_
_x000D_
ट्रम्पलाई अभिव्यक्ति स्वतन्त्रता वा लोकतन्त्रसँग खासै सरोकार छैन। उनले व्यापारिक सम्बन्ध र नाफाघाटाको हिसाब मात्रै हेर्ने हुन्। टर्कीस्थित साउदी दूतावासभित्र खसोग्गीको राजनीतिक हत्या भएको आरोप त्यहाँका राष्ट्रपतिले लगाएपछि सुरुमा ट्रम्पले त्यसलाई अस्वीकार गरे। पछि युरोप र अन्य देशहरुले समेत साउदी अरबलाई दबाब बढाएपछि ट्रम्पले भने, “त्यो घटना अकस्मात सिर्जना भएको परिस्थितिका कारणले भएको हुनसक्छ तर त्यसको पूर्वजानकारी साउदी राजा र राजकुमारलाई छ जस्तो मलाई लाग्दैन।”
_x000D_
_x000D_
खसोग्गी हत्या प्रकरणले साउदी अरब र टर्कीबीच मनमुटाब बढिरहँदा साउदी अरबलाई सघाउन अमेरिकी राष्ट्रपति ट्रम्पले विदेश सचिव माइक पोम्पिओलाई दुवै देशको भ्रमणमा पठाए। पोम्पिओले अक्टोबर १६ मा साउदीका राजा सलमानलाई भेटे र खसोग्गी हत्या प्रकरणमा आशंका गरिएका २१ जनालाई अमेरिका जान प्रतिबन्ध लगाएको घोषणा गरे।
_x000D_
_x000D_
त्यसै दिन साउदी अरबले सिरिया युद्धमा सैन्य सामग्री उपलब्ध गराएको सन्दर्भमा तिर्न बाँकी रहेको दस करोड डलर भुक्तानी गरिदियो। यस विषयमा न्युयोर्क टाइम्स अखबारले लेख्यो, “पम्पिओले साउदी राजालाई भेटेर खसोग्गी बेपत्ता प्रकरणबारे छलफल गर्नु र त्यसै दिन अमेरिकी सरकारलाई भुक्तानी गर्नु केवल संयोग मात्रै होइन।”
_x000D_
_x000D_
मध्यपूर्वी युरोपेली देश टर्कीको अमेरिका र साउदी अरबसँग कूटनीतिक सम्बन्ध खलबलिएको अवस्था छ अहिले। सन् २०१६ मा भएको असफल राजनीतिक कूमा संलग्न भएको आरोपमा टर्कीले अमेरिकी पादरी एन्ड्रु ब्रोन्सनलाई दुई वर्षदेखि जेलमा राखेको थियो। अमेरिकी राष्ट्रपतिले ती पादरीलाई मुक्त नगरे टर्कीलाई आर्थिक नाकाबन्दी लगाउने सम्मको धम्की दिए। फेरि टर्की र रुसबीच आर्थिक एवं राजनीतिक सम्बन्धका कारण पनि अमेरिका चिन्तित छ।
_x000D_
_x000D_
साउदी अरब पनि टर्कीले कतार र इरानलाई सहयोग गरेकोमा बेखुस छ। यी दुई देशले आतंकवादलाई प्रोत्साहन दिएको भन्ने आरोपमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट लगायतका देशले सन् २०१७ जुन महिनादेखि कतारविरुद्ध इतिहासमै सबैभन्दा कडा नाकाबन्दी लगाएका छन्। टर्कीले कतारलाई साथ दिँदा त्यो नाकाबन्दी कमजोर बनेको छ। मध्यपूर्वमा साउदी अरब र टर्की दुवैले आफूलाई क्षेत्रीय शक्तिराष्ट्र भएको दाबी गर्छन्।
_x000D_
_x000D_
खसोग्गीको हत्यामा साउदी सरकारको उच्च तहको संलग्नता छ भन्ने प्रमाणहरु आफूसँग भएको दाबी गर्दैै टर्की अहिले साउदी अरब र अमेरिकासँग आर्थिक एवं राजनीतिक मोलतोलमा व्यस्त भएजस्तो देखिन्छ। टर्कीका राष्ट्रपति एर्दोगनले साउदी अरबको राजधानीमा हुँदै गरेको लगानी सम्मेलन (अक्टोबर २३–२५) को उद्घाटनकै दिन टर्कीको संसदमा खसोग्गी हत्याका महत्वपूर्ण प्रमाणहरु सार्वजनिक गरिदिने भन्दै अरबको उक्त सम्मेलनलाई ओझेल पारे।
_x000D_
_x000D_
खनिज तेलमा निर्भर साउदी अरबको अर्थतन्त्रलाई सन् २०३० सम्ममा विविधिकरण गर्ने राजकुमार सल्मानको रणनीति बमोजिम उक्त सम्मेलन हुँदै थियो। तर, खसोग्गी प्रकरणले विभिन्न देशका राजनीतिक नेताहरु र धेरै पश्चिमा लगानीकर्ताहरु उक्त सम्मेलनमा गएनन्। बरु, खसोग्गी हत्याको यथार्थ सार्वजनिक गर्न साउदी सरकारमाथि दबाब दिए।
_x000D_
_x000D_
उता साउदी अरब भने खसोग्गी प्रकरणलाई सुल्झाउन एकातिर अमेरिकालाई आफ्नो रक्षार्थ हारगुहार गरिरहेको छ भने अर्कोतिर आफू मध्यपूर्वको शक्तिकेन्द्र भएको धम्की दिइरहेको छ । अपराध गरिएकोमा लाज मान्नु त परको कुरा।
_x000D_
_x000D_
४. खसोग्गी हत्या प्रकरणमा आर्थिक प्रलोभनको भूमिका छ?
_x000D_
टर्कीका राष्ट्रपतिले अक्टोबर २३ का दिन खसोग्गी हत्यासम्बन्धी नयाँ कुरा सार्वजनिक गरेनन् किनभने अमेरिकी विदेश सचिवको माइक पोम्पिओ टर्की र साउदीबीच बिग्रँदो सम्बन्धलाई थामथुम पार्न त्यहाँ पुगेका थिए। बरु, टर्कीका राष्ट्रपतिले साउदी राजासँग कुराकानी भएको र राजाले स्वतन्त्र आयोगमार्फत दोषीलाई पहिचान गरी कारबाही गर्छु भनेकाले भन्दै आफू ‘पर्ख र हेर’ को स्थितिमा रहेको बताए।
_x000D_
_x000D_
सिंगापुरबाट प्रकाशित ‘द स्ट्रेट्स टाइम्स’ अखबार लेख्छ, ‘टर्कीका राष्ट्रपति एर्दोगनलाई अमेरिकी सहयोग चाहिएको छ, जसका लागि उनले साउदी पत्रकार खसोग्गीको हत्यासम्बन्धी विवरण सार्वजनिक नगरेर साउदी र अमेरिकासँग आर्थिक हितको मोलमोलाइ गरिरहेका छन्।’
_x000D_
_x000D_

_x000D_
_x000D_
खसोग्गीको हत्या प्रकरणलाई समूह–सात (जी–सेभेन) का अधिकांश सदस्यहरुले पनि साउदी अरबसँग आर्थिक मोलतोल गर्ने अवसरका रुपमा प्रयोग गर्न चाहेको देखिन्छ। खसोग्गीको हत्यालाई ती देशका मुख्य नेताहरुले ‘गम्भीर अपराध’ भने पनि उनीहरु साउदी अरबलाई कुनै आर्थिक वा राजनीतिक कारबाही गर्न तयार छैनन्।
_x000D_
_x000D_
अमेरिकी राष्टपति ट्रम्पले त साउदी सरकारले जे चाहन्छ त्यही बोलिरहेका छन् । पहिले साउदी सरकारबाट यस्तो जघन्य हत्या हुनै सक्दैन भने। पछि दूतावासमा रहेका फेरि ‘फटाहा व्यक्ति’हरुले खसोग्गीको हत्या गरेको हुनसक्छ तर त्यो कुरा साउदी राजा वा राजकुमारलाई पहिल्यै थाहा होला भन्ने कुरामा मलाई विश्वास छैन भने। अहिले अमेरिका साउदी अरबलाई १ सय १० अर्ब डलरमा थाड सुरक्षा प्रणाली बेच्न खोज्दैछ।
_x000D_
_x000D_
सम्झौताहरु भइसकेका छन्। तर, खसोग्गी हत्याको स्वतन्त्र अनुसन्धानका लागि साउदी अरबलाई दबाब दिन हतियार बिक्री रोक्न सकिन्न भन्ने पत्रकारको जिज्ञासालाई ट्रम्पले ठाडै अस्वीकार गरिदिए। उनले भने, ‘यो हतियार बिक्री अमेरिकी जनताको हितमा छ। साउदी अरबको त के जान्छ र उसले हामीबाट हतियार पाएन भने रुस वा चीनतिर जान सक्छ। ती देशलाई हतियार बेच्ने मौका किन दिनु?’
_x000D_
_x000D_
खसोग्गीको हत्या प्रकरणमा साउदी अरबलाई चोख्याउन खोज्ने ट्रम्पले रणनीति दसकौंदेखि साउदी राजा, राजकुमार र राजघरानाका अन्य सदस्यहरुसँग गरिरहेको व्यापारको परिणाम हो भनी ‘द न्युयोर्क टाइम्स’, ‘द वासिंटन पोस्ट’ लगायतका सञ्चारमाध्यमले शंका व्यक्त गरेका छन्। तर, साउदी राजघरानासँग निकटतम व्यापारिक सम्बन्ध राखेर ट्रम्प अर्गनाइजेसनले विभिन्न शीर्षकमा दशकौं अघिदेखि करोडौं डलर भित्र्याइरहेको छ।
_x000D_
_x000D_
उदाहरणका लागि सन् १९९१ मा ‘प्रिन्सेस’ नाम गरेको २८२ फिट लामो पानीजहाजलाई साउदी राज खानदानका एक सदस्यले ३२५ मिलियन डलरमा खरिद गरेका थिए। त्यसैगरी, सन् १९९५ मा साउदी राजपरिवारले ट्रम्प वल्र्ड टावर्सको ४५औं तल्ला ४५ लाख डलरमा किनेका थिए।
_x000D_
_x000D_
त्यसबाहेक ट्रम्पका छोरी इभान्का र ज्वाइ जेर्ड कुसनर साउदी युवराज सलमानसँग निकट रहेर साउदी अरबमा व्यापारमा पनि हात हालेका छन्। अक्टोबर २० मा एउटा ट्विट गर्दै ट्रम्पले सञ्चारमाध्यमले गरेका आरोप वा शंकाहरुको खन्डन मात्रै गरेनन्, त्यस्तो शंका गर्ने सबैलाई ‘फेक न्युज’को लेबल लगाइदिए।
_x000D_
_x000D_
जी–सेभेनकै अर्को राष्ट्र क्यानडा र साउदी अरबबीच कूटनीतिक सम्बन्ध सबैभन्दा खराब भएको अवस्था छ यतिखेर। गत अगस्टमा साउदी सरकारले एकजना साउदी मानवअधिकारकर्मीलाई गिरफ्तार गरेकोमा विरोध गर्दै क्यानडेली विदेशमन्त्रीले ट्विटरमार्फत् क्यानडा सरकारको विरोध प्रकट गरिन्।
_x000D_
_x000D_
साउदी सरकारले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै क्यानडाका राजदूत र कर्मचारीहरु मात्रै फिर्ता गरेन, सबै आर्थिक सामाजिक सम्बन्धहरु टुंगिएको घोषणा ग¥यो। परिणामस्वरुप, हवाइ यातायात ठप्प छ, आयात–निर्यात रोकिएका छन्। साउदी नागरिकलाई क्यानडामा भएको सम्पत्ति बेचेर फिर्ता आउन भनिएको छ, क्यानडामा अध्ययनरत साउदी विद्यार्थीहरुलाई फिर्ता बोलाइएको छ इत्यादि ।
_x000D_
_x000D_
तर दुइटा कुरा बाँकी छन्, क्यानडालाई उसले तेल निर्यात गरिरहेको छ र क्यानडाबाट किन्ने भनिएको १५ अर्ब डलर बराबरको सैनिक हतियारको सम्झौता रद्द भएको घोषणा भएको छैन। अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डो खसोग्गी हत्या प्रकरणमा बोल्नै नसक्ने अवस्थामा छन्। उनी छुच्चो कुरा नगर्र्दिएर अप्रत्यक्ष रुपमा साउदी अरबलाई सहयोग गर्ने र बिग्रिएको सम्बन्ध सपार्ने ध्याउन्नमा छन् ।
_x000D_
_x000D_
अस्ट्रेलिया सरकारले त रियाद सम्मेलनमा भाग लियो भलै सरकारका तर्फबाट मन्त्रीहरु उपस्थित भएनन्। पत्रकारले खसोग्गीको हत्या भएको सम्बन्धमा पत्रकारहरुको प्रश्नको उत्तर दिनबाट सरकारी अधिकारीहरु पन्छिइरहेका छन्। उनीहरुसँग पूर्वतयारी जवाफ छ, ‘साउदी सरकारले छानबिन गर्दैछ। यस्तोबेला के बोल्नु।’ फ्रान्स र बेलायतका सरकार प्रमुखहरुले खसोग्गीको हत्या प्रकरणमा साउदी राज्य–संयन्त्रको संलग्नता रहेछ भने साउदी सरकारले ‘निकै गम्भीर मूल्य चुकाउनु पर्नेछ’ भनेका छन् तर मजबुत आर्थिक सम्बन्ध रहेकाले साउदी सरकारलाई चिढ्याएर आर्थिक घाटा व्यहोर्न उनीहरु पनि तयार छैनन्। जी–सेभेनमा जर्मनी मात्रै एक्लो राष्ट्र हो, जसले साउदी अरबलाई बेच्न लागेको सैन्य सामग्रीहरु खसोग्गी हत्याको अनुसन्धान नटुंगिएसम्म रोक्ने भनेको छ।
_x000D_
_x000D_
५. आगामी दिनमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्तो हुनसक्छ ?
_x000D_
सन् २०१७ मे २० मा क्यानडाबाट प्रकाशित ग्लोब एन्ड मेल अखबारमा स्तम्भकार माथ्यु चाल्र्सले लेखेका छन्, “जब राज्यको निर्देशनमा जब पत्रकारहरु मारिन्छन्, तब लोकतन्त्रको मृत्यु हुन्छ।” अरबमा लोकतन्त्र थिएन, छैन र यस्तै पाराले कैयौं युगसम्म लोकतन्त्रले पाइला टेक्न पाउने छैन।
_x000D_
_x000D_
साउदी अरबका अधिकारीहरुले खसोग्गीको लासलाई कहाँ र कसरी गायब पारियो भन्ने कुरा लुकाउन अनेक नाटक गरिरहेका छन्– केही पदाधिकारीलाई बर्खास्त गर्ने, हत्यामा संलग्न भन्ने आरोप लगाएर गिरफ्तार गर्ने, अन्तर्राष्ट्रिय समुदायमा व्यापारिक प्रलोभन र कूटनीतिक धम्की दिने आदि। उसको धम्की र प्रलोभनको रणनीतिले लोकतन्त्रको अभिभावक भइखाएका पश्चिमी शक्ति राष्ट्रहरु लत्रक्क परेका छन्। चूपचाप छन्।
_x000D_
_x000D_
_x000D_
ट्रम्प, पुटिन, मोदी वा सल्मान जस्ता उग्रराष्ट्रवादी नेताहरु उदाएको यस समयमा सत्तासँग विमति राख्नेहरु देशभित्र वा बाहिर पनि सुरक्षित छैनन्। सरकारका एजेन्टहरु चार्टर्ड प्लेन लिएर जहाँसुकै पुगेर जस्तोसुकै अपराध गर्न सक्छन्।
_x000D_
_x000D_
_x000D_
बरु, साउदीसँग आर्थिक सम्बन्ध कसिलो पार्ने, बिक्री बढाउने उपाय पो बनिरहेको छ, खसोग्गी हत्या प्रकरण। यो सूचना टर्कीका जाँच अधिकारीहरुसँग हुनसक्छ तर उनीहरु सत्यलाई ढाकछोप गरेरै भए पनि साउदी अरबसँग बिग्रेको आर्थिक सम्बन्ध सुधार्न चाहन्छन्। खसोग्गी हत्या प्रकरणको पर्दा एक दिन अवश्य उघ्रेला भन्ने अपेक्षा गरौं तर यो सजिलो हुन छैन।
_x000D_
_x000D_
नेपालमा सैनिक हिरासतमा राखेर २०५९ जेठ १३ गते मारिएको तर लास गायब पारिएका जनदिशा साप्ताहिकका तत्कालीन सम्पादक कृष्णसेन ‘इच्छुक’लाई सम्झँदा खसोग्गी प्रकरण पनि राज्य निर्देशित त्यस्तै एउटा निर्मम शृंखलाको निरन्तरता हो जस्तो लाग्छ।
_x000D_
_x000D_
त्यस्तै भारतको बेंगलोरमा गौरी लंकेश पत्रिकाकी सम्पादक गौरी लंकेशलाई सन् २०१७ सेप्टेम्बर ५ मा गोली हानी हत्या गरियो। सत्तासिन भारतीय जनता पार्टीको गतिविधिप्रति आलोचनात्मक दृष्टिकोण राख्ने लंकेशलाई राजनीतिक दलको उग्रवादी खेमाको निर्देशनमा मारेको भनी एक अभियुक्तले प्रहरीलाई बयान दिएका छन्।
_x000D_
_x000D_
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको सरकारका गतिविधिहरुको तीखो आलोचना गर्ने रुसी पत्रकार आर्काडी बाबचेन्कोलाई गत मे ३० मा युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरियो। यस्ता अपराधका शृंखला अनेक छन्।
_x000D_
_x000D_
खसोग्गी हत्या प्रकरणले दुई वटा ज्यादै नमिठो पाठ सिकाएर गएको छ। पहिलो, ट्रम्प, पुटिन, मोदी वा सल्मान जस्ता उग्रराष्ट्रवादी नेताहरु उदाएको यस समयमा सत्तासँग विमति राख्नेहरु देशभित्र वा बाहिर पनि सुरक्षित छैनन्। सरकारका एजेन्टहरु चार्टर्ड प्लेन लिएर जहाँसुकै पुगेर जस्तोसुकै अपराध गर्न सक्छन्।
_x000D_
_x000D_
दोस्रो, लोकतन्त्रका ठेकेदार मानिएका देशहरु पनि अभिव्यक्ति स्वतन्त्रताभन्दा आर्थिक स्वार्थलाई प्राथमिकता दिन्छन् र अपराधलाई आर्थिक नाफाघाटासँग जोडेर हेर्छन्। अरु देशले पनि खसोग्गी प्रकरणलाई एउटा नजिरको रुपमा लिँदै आफ्ना विरोधीहरु सिध्याउने रणनीति अबलम्वन गर्न सक्छन्। अर्थात् अभिव्यक्ति स्वतन्त्रताको अवस्था झनै दयनीय हुनसक्छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।