सिंजा– चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन्।
_x000D_
_x000D_
चन्दननाथ नगरपालिकाको प्रांगणमा राखिएको क१ झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
_x000D_
_x000D_
राति करिब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताए।
_x000D_
_x000D_
'घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गर्यौँ, पछि प्रहरी र सेना आएर आगो निभायाे,' उनले बताए।
_x000D_
_x000D_
गाडीको माथिल्लो भाग पुरै जलेको छ। जलेको गाडी ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए।
_x000D_
_x000D_
नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ।
_x000D_
_x000D_
यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन्। डिजिटल गाउँपालिकाको रुपमा लाखाैंका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ। केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उनले बताए।
_x000D_
_x000D_
यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ। घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
_x000D_
_x000D_
यता घटनाको विवरणसहित अनुसन्धान सुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।