• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कम्युनिस्ट बिपी किन बदलिए?

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ०२:०२
1140x725

पिताजीको निधनपछि बिपी बनारसमा पढिरहेका गिरिजालाई भेट्न पटनास्थित कालीबाबुको घर पुगे। एउटै कोठामा दुइटा खाट राखेर बिपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिलाइएको थियो त्यहाँ। 

_x000D_ _x000D_

त्यो दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन्, 'लामो समयपछि सान्दाजुसँग भेट भएको थियो। राति कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा बोलेछु क्यारे! बनारसमा विश्वविद्यालय पढ्दा मनमोहन अधिकारीहरूको सङ्गतले म फेडरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ। उहाँले थाहा पाइहाल्नुभयो (नेपाल, २०६७)।' 

_x000D_ _x000D_

बिपी र गिरिजाबीच त्यो रात भएको वार्तालाप यस्तो थियो-
_x000D_ बिपीः भारतमा यत्रो स्वतन्त्रता आन्दोलन चलिरहेको छ। गान्धीजी कहाँ छन्?
_x000D_ गिरिजाः जेलमा, अरु कहाँ?
_x000D_ बिपीः जवाहरलाल नेहरू, जयप्रकाश नि?
_x000D_ गिरिजाः जेलमा। 
_x000D_ बिपीः गान्धी र नेहरूहरू जेलमा छन्। तेरा नेताहरु को हुन् र ती कहाँ छन्? 
_x000D_ गिरिजाः मेरा नेता श्रीपद् अमृतपद डाँगे (नेता, भाकपा) हुन् उनी बम्बैमा छन्। 
_x000D_ बिपीः गान्धी, नेहरू, जयप्रकाश जेलमा, डाँगेचाहिँ किन बाहिर? ल अब धेरै राति पनि भयो सुत। 

_x000D_ _x000D_

चर्का नारा र भाषण गरे पनि भारतका वामपन्थीहरू अङ्ग्रेजसँग मिलेका थिए। त्यसैले गान्धी, नेहरूलगायत सबै नेता जेलमा हुँदा कम्युनिस्ट पार्टीका महासचिव डाँगे भने बम्बैमा ठाँटसँग बसिरहेका थिए। दाजुको प्रश्नले गिरिजा रातभरि सुत्नै सकेनन्। बिपीका हरेक प्रश्न उनको दिमागमा घुमिरहे। 

_x000D_ _x000D_

त्यसो त विद्यार्थीकालमा बिपी आफैं कम्युनिस्ट थिए। आइए परीक्षा दिएर बसेका बेला उनी व्यापार बढाउने अभियानमा रहेका पिताजीसँग रेलमा बम्बै गए। फर्किने बेला बम्बैदेखि इलाहावादसम्म उनले कम्युनिस्ट पार्टीका नेता डाँगेसँग रेलयात्रा गरे। त्यही यात्राले उनलाई कम्युनिज्मप्रति आकर्षित गर्यो। 

_x000D_ _x000D_

बनारस आएपछि वामपन्थीहरूसँगको सङ्गत बढ्दै गयो। त्यो बेला बिपी साथीहरूका साथ भूमिगत रूपमा मस्को रेडियोका अङ्ग्रेजी प्रसारण सुन्थे। डाँगेलाई भेटेपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भएका उनी 'बिएचयूमा पढ्दा देवकान्त बरूवालगायतका साथीहरूसँग मिलेर खोलिएको विद्यार्थी सङ्गठनका सचिव थिए, पछि अध्यक्ष भए।'

_x000D_ _x000D_

तिनताका बिपी सहपाठी देवेन्द्रप्रसाद सिंह र राजेश्वरप्रसाद मार्फत् जयप्रकाश नारायणको सम्पर्कमा पुगे। राजेश्वरप्रसाद जयप्रकाशका आफ्नै भाइ थिए। समाजवादी नेता जयप्रकाशले उनलाई समाजवादी बन्न प्रेरित गरे। भाइ गिरिजाप्रसादलाई उनले सोधेकै प्रश्न जयप्रकाशले बिपीलाई सोधेका थिए।

_x000D_ _x000D_

जयप्रकाश र बिपीबीच भएको वार्तालापको अंश यस्तो थियो-
_x000D_ जयप्रकाशः बिपी, तिमी त कम्युनिस्ट रहेछौ। यत्रो स्वतन्त्रता सङ्ग्राम चलेको छ। तिम्रा एउटै नेता पक्राउ परेका छैनन्। ल भन त, तिम्रा नेताको को हुन् र कहाँ छन्?
_x000D_ बिपीः श्रीपद् अमृत डाँगे बम्बैमा छन्। 
_x000D_ जयप्रकाशः डाँगे त अङ्ग्रेजहरूसँग मिलेर बम्बैमा बसेका छन्। तिमी डाँगेको कार्यकर्ता कसरी महात्मा गान्धीले सञ्चालन गरेको स्वतन्त्रता सङ्ग्राममा होमियौं?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बिपीले जवाफ दिन सकेनन्। 

_x000D_ _x000D_

कम्युनिस्टहरूले भारतीय स्वतन्त्रता सङ्ग्रामबाट हात झिकेका मात्र थिएनन्, अङ्ग्रेजलाई सहयोग गर्दै गान्धी नेतृत्वको 'भारत छोडो' आन्दोलनको निन्दा गरिरहेका थिए। 

_x000D_ _x000D_

दोस्रो विश्वयुद्ध जारी रहँदा बेलायत र रूसबीच सैन्य सहयोगसम्बन्धी सन्धि भएको थियो। त्यही आधारमा भारतका वामपन्थीहरू अङ्ग्रेजको विरोध नगर्ने बरु उनीहरूबाट लाभ लिएर बस्ने रणनीतिमा थिए। तिनले भारतीय स्वाधीनता आन्दोलनको विरोध गरिरहेका थिए। 

_x000D_ _x000D_

त्यही विषयलाई लिएर 'भारतीय स्वाधीनता सङ्ग्राम'का योद्धाहरूको कम्युनिस्टसँग कटुता बढेको थियो। काङ्ग्रेस सोसलिस्ट पार्टीका कार्यकर्ता धमाधम पक्राउ परिरहेका थिए। समाजवादीहरू कम्युनिस्टलाई गद्दार भन्न थालेका थिए। यस्तै परिस्थिति र मनस्थितिमा बिपीको राजनीतिक प्रशिक्षण भएको थियो (दुलालः २०७२, ३४ र ३५)।' 

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यही बेला जयप्रकाशले बिपीसँग भनेका थिए, 'तिमी १८ वर्षका छौ र कम्युनिस्ट छैनौ भने सोच्नुपर्छ, तिम्रो हृदय छैन। तर तिमी २८ वर्षमाथिका छौ, तैपनि कम्युनिस्ट छौ भने बुझ्नुपर्छ, तिम्रो दिमाग छैन।' 

_x000D_ _x000D_

वामपन्थी विचारधाराबाट प्रभावित बिपीलाई त्यही कुराले प्रजातान्त्रिक समाजवादी कित्तामा उभ्यायो। 

_x000D_ _x000D_

बिपीले भनेका छन्, 'सन् १९२९ को सत्ता लडाइमा स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएको समाचार आउँदा मलाई ठूलो चोट पुग्यो। अनि मैले कम्युनिस्ट पार्टी त्यागें (गिरि, २०६६ ३१७)।' 

_x000D_ _x000D_

कम्युनिस्ट विचार छोड्दाको घटना उनी आफ्नो परिवारका सदस्यहरूलाई सुनाउने गर्थे। 

_x000D_ _x000D_

राजनीतिमा सक्रिय हुन थालेपछि सन् १९२९ मा राममनोहर लोहियामार्फत पहिलो पटक बिपीले महात्मा गान्धीलाई भेटे। त्यो बेला उनी मात्र १५ वर्षका थिए। उनीहरूबीच संवाद भयो।

_x000D_ _x000D_

गान्धीः कसको प्रेरणाले राजनीतिमा लाग्यौ?
_x000D_ बिपीः पिताजी (कृष्णप्रसाद)। म तीन वर्षको हुँदा हाम्रो सिङ्गो परिवार प्रवास आउनुपर्यो। हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ। हाम्रो सबै सम्पत्ति रोक्का छ। १२ वर्षदेखि भारतमा निर्वासित जीवन बिताइरहेका छौं।

_x000D_ _x000D_

पिताजीबाट बिपीले राजनीतिक प्रशिक्षण पाएका थिए। पिताजीको बुझाइ थियो, 'पहिला अङ्ग्रेजको पन्जाबाट भारत मुक्त हुनुपर्छ। त्यसपछि नेपालबाट राणाशाही हटाउन सहज हुनेछ।' त्यही मान्यताका आधारमा बिपीसहित धेरै नेपाली भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए।

_x000D_ _x000D_

काङ्ग्रेस नेता भीमबहादुर तामाङलाई दिएको अन्तर्वार्तामा बिपीपत्नी सुशीलाले भनेकी छन्, 'पिताजीले बिपीलाई टीकोटालो, फूलमाला लगाई खुसीका साथ बिदा गर्नुभयो र यस शुभयात्राको घडीमा कसैले पनि एक थोपा आँसु नचुहाउनू भनी परिवारका सदस्यहरूलाई सचेत गराउनुभएको थियो (कोइराला, २०७०, २६१ र २६२)।'

_x000D_ _x000D_

कलिलो उमेरमै भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपले लागेका बिपीको लोकप्रियता बढ्दै थियो। दोस्रो विश्वयुद्धताका उनी 'बिहारमा समाजवादी पार्टीको सहायक सचिव भए। उनलाई काङ्ग्रेस समाजवादी पार्टीको भारतभर विद्यार्थी आन्दोलन हेर्ने जिम्मा थियो (चटर्जी, २०६३, ७१)।' त्यसै बखत ब्रिटिस सरकारले उनलाई जबर्जस्ती सेनामा भर्ना गर्यो। अनि 'ब्रिटिस गोर्खा सैनिकलाई भड्काएको आरोपमा २९, नोभेम्बर १९४२ मा पटनाबाट पक्राउ गरियो (अधिकारी, २०७१, ५७)।' 

_x000D_ _x000D_

बाँकेपुरमा केही दिन राखेपछि भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादसँगै बिपीलाई हजारीबाग जेल सारियो। चार वर्ष भारतीय जेलमा बस्दा उनले जयप्रकाश नारायण, जगजीवन रामलगायत भारतीय नेताहरूसँग सङ्गत गर्ने अवसर पाए (गिरि, ३९४)।' 

_x000D_ _x000D_

प्रवासमा रहेका नेपालीहरूबीच बिपीको प्रभाव बढ्दो थियो। राणा शासक उनको त्यो सक्रियता र प्रभावका कारण भयभीत र सशङ्कित थिए। त्यसैले भारतीय जेलमा रहेका बिपीलाई सुपुर्दगी गर्न राणाहरूले ब्रिटिस सरकारमाथि दबाब बढाए। ब्रिटिस सरकारले नेल र हतकडी लगाएर बिपीलाई रक्सौल पठाउने मिति तय गरी नेपाल सरकारलाई पत्राचारसमेत गरिसकेको थियो। उनलाई लिन रक्सौलतर्फ राणाको विशेष सुरक्षा टोली खटिइसकेको थियो।

_x000D_ _x000D_

'राजनीतिक कारणले पक्राउ परेका उनलाई सुपुर्दगी गर्न नमिल्ने भन्दै कानुनविद् कालीप्रसाद उपाध्यायले सङ्घीय अदालतमा रिट दायर गरे। अदालतले सुपुर्दगी गर्ने ब्रिटिस भारत सरकारको निर्णयलाई गैरकानुनी ठहर गरेपछि अन्तिम समयमा उनलाई नेपाल पठाइएन (गौतम, २०५५, ४)।'
_x000D_  
_x000D_ केही समयपछि हजारीबाग जेलबाट छुटेपछि घाँटीको क्यान्सर उपचारका लागि बिपी ६ महिना टाटा क्यान्सर अस्पताल बम्बैमा बसे। त्यसपछि नेपालमा 
_x000D_ प्रजातन्त्र स्थापनाबारे प्रवासमा रहेका नेपालीहरूसँग परामर्श गर्न थाले।

_x000D_ _x000D_

राणाको दमन, अन्याय र अत्याचारले सीमा नाघे पनि महाराजलाई विष्णुको अवतार ठान्ने समाज बिस्तारै चेतनशील हुँदै थियो। दोस्रो विश्वयुद्धमा युरोपसहित विभिन्न मूलुकमा लडेर बिदामा घर आएका गोर्खा सैनिकहरूले बाहिरी संसारमा आफूले देखेका, जानेका कुराहरू गाउँगाउँमा सुनाइरहेका थिए। प्रजातन्त्र र नागरिक अधिकार थाहा पाउँदा दूरदराजका नेपाली जनता छक्क पर्थे। युरोपमा भएको राजनीतिक अभ्यासका कुरा नेपाली समाजका लागि नितान्त नयाँ विषय थिए। गान्धीको अहिंसात्मक आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाली समाजमा बढिरहेको थियो। 

_x000D_ _x000D_

भारतीय स्वतन्त्रता सङ्ग्रामका क्रममा जेल परेपछि बिपीको ख्याति नेपाल र भारतमा चुलिएको थियो। भारत छोडो आन्दोलनको नेतृत्व गरिरहेका गान्धीसम्म आन्दोलनका हरेक रिपोर्ट नपुग्ने कुरै भएन। उनी बिपीबाट पनि निकै प्रभावित थिए।

_x000D_ _x000D_

( पत्रकार जगत नेपालको पुस्तक बिपीको विद्रोहबाट। बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको पुस्तक म‌ंसिर ७ गते सार्वजनिक हुँदैछ। )

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्