• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
कम्युनिस्ट बिपी किन बदलिए?
64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ०२:०२
1140x725

पिताजीको निधनपछि बिपी बनारसमा पढिरहेका गिरिजालाई भेट्न पटनास्थित कालीबाबुको घर पुगे। एउटै कोठामा दुइटा खाट राखेर बिपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिलाइएको थियो त्यहाँ। 

_x000D_ _x000D_

त्यो दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन्, 'लामो समयपछि सान्दाजुसँग भेट भएको थियो। राति कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा बोलेछु क्यारे! बनारसमा विश्वविद्यालय पढ्दा मनमोहन अधिकारीहरूको सङ्गतले म फेडरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ। उहाँले थाहा पाइहाल्नुभयो (नेपाल, २०६७)।' 

_x000D_ _x000D_

बिपी र गिरिजाबीच त्यो रात भएको वार्तालाप यस्तो थियो-
_x000D_ बिपीः भारतमा यत्रो स्वतन्त्रता आन्दोलन चलिरहेको छ। गान्धीजी कहाँ छन्?
_x000D_ गिरिजाः जेलमा, अरु कहाँ?
_x000D_ बिपीः जवाहरलाल नेहरू, जयप्रकाश नि?
_x000D_ गिरिजाः जेलमा। 
_x000D_ बिपीः गान्धी र नेहरूहरू जेलमा छन्। तेरा नेताहरु को हुन् र ती कहाँ छन्? 
_x000D_ गिरिजाः मेरा नेता श्रीपद् अमृतपद डाँगे (नेता, भाकपा) हुन् उनी बम्बैमा छन्। 
_x000D_ बिपीः गान्धी, नेहरू, जयप्रकाश जेलमा, डाँगेचाहिँ किन बाहिर? ल अब धेरै राति पनि भयो सुत। 

_x000D_ _x000D_

चर्का नारा र भाषण गरे पनि भारतका वामपन्थीहरू अङ्ग्रेजसँग मिलेका थिए। त्यसैले गान्धी, नेहरूलगायत सबै नेता जेलमा हुँदा कम्युनिस्ट पार्टीका महासचिव डाँगे भने बम्बैमा ठाँटसँग बसिरहेका थिए। दाजुको प्रश्नले गिरिजा रातभरि सुत्नै सकेनन्। बिपीका हरेक प्रश्न उनको दिमागमा घुमिरहे। 

_x000D_ _x000D_

त्यसो त विद्यार्थीकालमा बिपी आफैं कम्युनिस्ट थिए। आइए परीक्षा दिएर बसेका बेला उनी व्यापार बढाउने अभियानमा रहेका पिताजीसँग रेलमा बम्बै गए। फर्किने बेला बम्बैदेखि इलाहावादसम्म उनले कम्युनिस्ट पार्टीका नेता डाँगेसँग रेलयात्रा गरे। त्यही यात्राले उनलाई कम्युनिज्मप्रति आकर्षित गर्यो। 

_x000D_ _x000D_

बनारस आएपछि वामपन्थीहरूसँगको सङ्गत बढ्दै गयो। त्यो बेला बिपी साथीहरूका साथ भूमिगत रूपमा मस्को रेडियोका अङ्ग्रेजी प्रसारण सुन्थे। डाँगेलाई भेटेपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भएका उनी 'बिएचयूमा पढ्दा देवकान्त बरूवालगायतका साथीहरूसँग मिलेर खोलिएको विद्यार्थी सङ्गठनका सचिव थिए, पछि अध्यक्ष भए।'

_x000D_ _x000D_

तिनताका बिपी सहपाठी देवेन्द्रप्रसाद सिंह र राजेश्वरप्रसाद मार्फत् जयप्रकाश नारायणको सम्पर्कमा पुगे। राजेश्वरप्रसाद जयप्रकाशका आफ्नै भाइ थिए। समाजवादी नेता जयप्रकाशले उनलाई समाजवादी बन्न प्रेरित गरे। भाइ गिरिजाप्रसादलाई उनले सोधेकै प्रश्न जयप्रकाशले बिपीलाई सोधेका थिए।

_x000D_ _x000D_

जयप्रकाश र बिपीबीच भएको वार्तालापको अंश यस्तो थियो-
_x000D_ जयप्रकाशः बिपी, तिमी त कम्युनिस्ट रहेछौ। यत्रो स्वतन्त्रता सङ्ग्राम चलेको छ। तिम्रा एउटै नेता पक्राउ परेका छैनन्। ल भन त, तिम्रा नेताको को हुन् र कहाँ छन्?
_x000D_ बिपीः श्रीपद् अमृत डाँगे बम्बैमा छन्। 
_x000D_ जयप्रकाशः डाँगे त अङ्ग्रेजहरूसँग मिलेर बम्बैमा बसेका छन्। तिमी डाँगेको कार्यकर्ता कसरी महात्मा गान्धीले सञ्चालन गरेको स्वतन्त्रता सङ्ग्राममा होमियौं?

Ncell 2
Ncell 2
_x000D_ _x000D_

बिपीले जवाफ दिन सकेनन्। 

_x000D_ _x000D_

कम्युनिस्टहरूले भारतीय स्वतन्त्रता सङ्ग्रामबाट हात झिकेका मात्र थिएनन्, अङ्ग्रेजलाई सहयोग गर्दै गान्धी नेतृत्वको 'भारत छोडो' आन्दोलनको निन्दा गरिरहेका थिए। 

_x000D_ _x000D_

दोस्रो विश्वयुद्ध जारी रहँदा बेलायत र रूसबीच सैन्य सहयोगसम्बन्धी सन्धि भएको थियो। त्यही आधारमा भारतका वामपन्थीहरू अङ्ग्रेजको विरोध नगर्ने बरु उनीहरूबाट लाभ लिएर बस्ने रणनीतिमा थिए। तिनले भारतीय स्वाधीनता आन्दोलनको विरोध गरिरहेका थिए। 

_x000D_ _x000D_

त्यही विषयलाई लिएर 'भारतीय स्वाधीनता सङ्ग्राम'का योद्धाहरूको कम्युनिस्टसँग कटुता बढेको थियो। काङ्ग्रेस सोसलिस्ट पार्टीका कार्यकर्ता धमाधम पक्राउ परिरहेका थिए। समाजवादीहरू कम्युनिस्टलाई गद्दार भन्न थालेका थिए। यस्तै परिस्थिति र मनस्थितिमा बिपीको राजनीतिक प्रशिक्षण भएको थियो (दुलालः २०७२, ३४ र ३५)।' 

_x000D_ _x000D_

त्यही बेला जयप्रकाशले बिपीसँग भनेका थिए, 'तिमी १८ वर्षका छौ र कम्युनिस्ट छैनौ भने सोच्नुपर्छ, तिम्रो हृदय छैन। तर तिमी २८ वर्षमाथिका छौ, तैपनि कम्युनिस्ट छौ भने बुझ्नुपर्छ, तिम्रो दिमाग छैन।' 

_x000D_ _x000D_

वामपन्थी विचारधाराबाट प्रभावित बिपीलाई त्यही कुराले प्रजातान्त्रिक समाजवादी कित्तामा उभ्यायो। 

_x000D_ _x000D_

बिपीले भनेका छन्, 'सन् १९२९ को सत्ता लडाइमा स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएको समाचार आउँदा मलाई ठूलो चोट पुग्यो। अनि मैले कम्युनिस्ट पार्टी त्यागें (गिरि, २०६६ ३१७)।' 

_x000D_ _x000D_

कम्युनिस्ट विचार छोड्दाको घटना उनी आफ्नो परिवारका सदस्यहरूलाई सुनाउने गर्थे। 

_x000D_ _x000D_

राजनीतिमा सक्रिय हुन थालेपछि सन् १९२९ मा राममनोहर लोहियामार्फत पहिलो पटक बिपीले महात्मा गान्धीलाई भेटे। त्यो बेला उनी मात्र १५ वर्षका थिए। उनीहरूबीच संवाद भयो।

_x000D_ _x000D_

गान्धीः कसको प्रेरणाले राजनीतिमा लाग्यौ?
_x000D_ बिपीः पिताजी (कृष्णप्रसाद)। म तीन वर्षको हुँदा हाम्रो सिङ्गो परिवार प्रवास आउनुपर्यो। हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ। हाम्रो सबै सम्पत्ति रोक्का छ। १२ वर्षदेखि भारतमा निर्वासित जीवन बिताइरहेका छौं।

_x000D_ _x000D_

पिताजीबाट बिपीले राजनीतिक प्रशिक्षण पाएका थिए। पिताजीको बुझाइ थियो, 'पहिला अङ्ग्रेजको पन्जाबाट भारत मुक्त हुनुपर्छ। त्यसपछि नेपालबाट राणाशाही हटाउन सहज हुनेछ।' त्यही मान्यताका आधारमा बिपीसहित धेरै नेपाली भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए।

_x000D_ _x000D_

काङ्ग्रेस नेता भीमबहादुर तामाङलाई दिएको अन्तर्वार्तामा बिपीपत्नी सुशीलाले भनेकी छन्, 'पिताजीले बिपीलाई टीकोटालो, फूलमाला लगाई खुसीका साथ बिदा गर्नुभयो र यस शुभयात्राको घडीमा कसैले पनि एक थोपा आँसु नचुहाउनू भनी परिवारका सदस्यहरूलाई सचेत गराउनुभएको थियो (कोइराला, २०७०, २६१ र २६२)।'

_x000D_ _x000D_

कलिलो उमेरमै भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपले लागेका बिपीको लोकप्रियता बढ्दै थियो। दोस्रो विश्वयुद्धताका उनी 'बिहारमा समाजवादी पार्टीको सहायक सचिव भए। उनलाई काङ्ग्रेस समाजवादी पार्टीको भारतभर विद्यार्थी आन्दोलन हेर्ने जिम्मा थियो (चटर्जी, २०६३, ७१)।' त्यसै बखत ब्रिटिस सरकारले उनलाई जबर्जस्ती सेनामा भर्ना गर्यो। अनि 'ब्रिटिस गोर्खा सैनिकलाई भड्काएको आरोपमा २९, नोभेम्बर १९४२ मा पटनाबाट पक्राउ गरियो (अधिकारी, २०७१, ५७)।' 

_x000D_ _x000D_

बाँकेपुरमा केही दिन राखेपछि भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादसँगै बिपीलाई हजारीबाग जेल सारियो। चार वर्ष भारतीय जेलमा बस्दा उनले जयप्रकाश नारायण, जगजीवन रामलगायत भारतीय नेताहरूसँग सङ्गत गर्ने अवसर पाए (गिरि, ३९४)।' 

_x000D_ _x000D_

प्रवासमा रहेका नेपालीहरूबीच बिपीको प्रभाव बढ्दो थियो। राणा शासक उनको त्यो सक्रियता र प्रभावका कारण भयभीत र सशङ्कित थिए। त्यसैले भारतीय जेलमा रहेका बिपीलाई सुपुर्दगी गर्न राणाहरूले ब्रिटिस सरकारमाथि दबाब बढाए। ब्रिटिस सरकारले नेल र हतकडी लगाएर बिपीलाई रक्सौल पठाउने मिति तय गरी नेपाल सरकारलाई पत्राचारसमेत गरिसकेको थियो। उनलाई लिन रक्सौलतर्फ राणाको विशेष सुरक्षा टोली खटिइसकेको थियो।

_x000D_ _x000D_

'राजनीतिक कारणले पक्राउ परेका उनलाई सुपुर्दगी गर्न नमिल्ने भन्दै कानुनविद् कालीप्रसाद उपाध्यायले सङ्घीय अदालतमा रिट दायर गरे। अदालतले सुपुर्दगी गर्ने ब्रिटिस भारत सरकारको निर्णयलाई गैरकानुनी ठहर गरेपछि अन्तिम समयमा उनलाई नेपाल पठाइएन (गौतम, २०५५, ४)।'
_x000D_  
_x000D_ केही समयपछि हजारीबाग जेलबाट छुटेपछि घाँटीको क्यान्सर उपचारका लागि बिपी ६ महिना टाटा क्यान्सर अस्पताल बम्बैमा बसे। त्यसपछि नेपालमा 
_x000D_ प्रजातन्त्र स्थापनाबारे प्रवासमा रहेका नेपालीहरूसँग परामर्श गर्न थाले।

_x000D_ _x000D_

राणाको दमन, अन्याय र अत्याचारले सीमा नाघे पनि महाराजलाई विष्णुको अवतार ठान्ने समाज बिस्तारै चेतनशील हुँदै थियो। दोस्रो विश्वयुद्धमा युरोपसहित विभिन्न मूलुकमा लडेर बिदामा घर आएका गोर्खा सैनिकहरूले बाहिरी संसारमा आफूले देखेका, जानेका कुराहरू गाउँगाउँमा सुनाइरहेका थिए। प्रजातन्त्र र नागरिक अधिकार थाहा पाउँदा दूरदराजका नेपाली जनता छक्क पर्थे। युरोपमा भएको राजनीतिक अभ्यासका कुरा नेपाली समाजका लागि नितान्त नयाँ विषय थिए। गान्धीको अहिंसात्मक आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाली समाजमा बढिरहेको थियो। 

_x000D_ _x000D_

भारतीय स्वतन्त्रता सङ्ग्रामका क्रममा जेल परेपछि बिपीको ख्याति नेपाल र भारतमा चुलिएको थियो। भारत छोडो आन्दोलनको नेतृत्व गरिरहेका गान्धीसम्म आन्दोलनका हरेक रिपोर्ट नपुग्ने कुरै भएन। उनी बिपीबाट पनि निकै प्रभावित थिए।

_x000D_ _x000D_

( पत्रकार जगत नेपालको पुस्तक बिपीको विद्रोहबाट। बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको पुस्तक म‌ंसिर ७ गते सार्वजनिक हुँदैछ। )

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्