काठमाडौं- भारतीय दूतावासले कास्की जिल्लाका तीन शैक्षिक संस्थाका भवन निर्माणमा सहयोग गरेको छ। सरस्वती टीका माध्यमिक विद्यालय, लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भवन निर्माणमा भारतीय दूतावासले सहयोग गरेको हो। यी तीनवटै शैक्षिक संस्थाका भवन अाजै उद्घाटन भएका छन्।
_x000D_
_x000D_
सरस्वती टीका मावि भवनको शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए भने भारतीय दूतावासका मिशन उपप्रमुख डा. अजयकुमार लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पसका भवनको उद्घाटन गरेका थिए।
_x000D_
_x000D_
श्री सरस्वती टीका उच्च माध्यमिक विद्यालयको भवन ३ करोड ७० लाख रुपैँयाको लागतमा निर्माण गरिएको हो। यसैगरी ४ करोड ८० लाख रुपैयाँको लागतमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको भवन निर्माण भएको हो। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस भवन ४ करोड १० लाखको लागतमा निर्माण भएको हो।
_x000D_
_x000D_
नवनिर्मित संरचनामा सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय आदिका लागि प्रयोग गरिने छ। शैक्षिक वातावरण थप उर्जाशील बनाउन दूतावासले शैक्षिक संस्थालाई सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।