काठमाडौँ–महिला हिंसाविरुद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसघंका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको दश दिवसीय भ्रमणमा आगामी सोमबार काठमाडौँ अाउने भएका छन्।
_x000D_
_x000D_
भ्रमणका क्रममा उनले लिंगका आधारमा महिलाविरुद्ध हुने हिंसा, भेदभाव, आदिवासी, शरणार्थी महिला, शारीरिक रुपमा अक्षम महिला, आप्रवासी तथा ग्रामीण एवं सुदूर क्षेत्रका महिलाका अवस्थाबारे जानकारी लिने राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ।
_x000D_
_x000D_
राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट पहिलोपटक स्वतन्त्र अध्ययनका निम्ति खटिएकी विशेष प्रतिवेदक सिमोनोभिचले महिला हिंसाविरुद्धका नेपालका ऐनकानुन, नीति नियमबारे जानकारी लिनका साथै वरिष्ठ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
केन्द्रका अनुसार संयुक्त राष्ट्रसंघमा आबद्ध निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय नियोग, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग, हिंसाबाट जोगिएका नागरिकहरुसँग पनि छलफल गर्नेछन्। विशेष प्रतिवेदक सिमोनोभिचले आफ्नो प्रतिवेदन आगामी वर्ष मानवअधिकार परिषद्मा प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।