सिन्धुली– प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
_x000D_
_x000D_
मरिण गाउँपालिका–१ को टुँडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले आजबाट गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।
_x000D_
_x000D_
अहिलेसम्म वडा नं १ को टुँडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
_x000D_
_x000D_
यस क्षेत्रमा लगाइएको ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार नष्ट गर्ने र विस्तारै कम परिमाणमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको समेत उनले बताए।
_x000D_
_x000D_
सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गरी अन्दाजी ४० बिघाको क्षेत्रफलमा व्यावसायिक गाजाँखेती गरेको प्रहरीको अनुमान छ।
_x000D_
_x000D_
प्रहरी नायब महानिरीक्षक दीपक थापाको विशेष निर्देशनमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानको सुरूवात गरेको छ।
_x000D_
_x000D_
८ करोड मूल्य बराबरको गाँजा खेती नष्ट गरिएकाे प्रहरीकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।