राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिकाकामा चार महिनाअघि सम्पन्न नगर सभाको निर्णय सच्याउन विशेष नगरसभाको मागसहित निवेदन दर्ता भएको छ।
_x000D_
_x000D_
नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जनाले विशेष सभाको माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन्। कात्तिक २१ गते नै निवेदन दर्ता भए पनि हालसम्म विशेष सभा भने बोलाइएको छैन।
_x000D_
_x000D_
नगर सभाका २० वटा निर्णय आफूलाई अमान्य भएकाले ती निर्णय रोक्का राखी विशेष नगरसभा बोलाउन निवदेनमा माग गरिएको छ। कार्यालय सहयोगीसहित अन्य कर्मचारी भर्ना गर्नेदेखि शिक्षा नियमावली तयार गर्ने सम्मका कतिपय निर्णय आफूहरुको सहमति विपरीत आएको नगर सभा सदस्य रामसुन्दर मण्डलकाे गुनासाे छ।
_x000D_
_x000D_
असार २६ देखि २८ सम्म भएको नगर सभामा अधिकांश निर्णय टुंगोमा पुग्न नसकेपछि मेयर शिवनारायण साहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिलाई सर्वमान्य निर्णय तयार गर्न अधिकार दिइएको थियो।
_x000D_
_x000D_
तर, केही पदाधिकारीले चलखेलका कारण समिति प्रभावित भएको मण्डलको आरोप छ।
_x000D_
_x000D_
‘सबैलाई मान्य हुने गरी निर्णय आउला भनेर हामीले समितिलाई जिम्मेवारी दियौं, तर निर्णय सार्वजनिक हुँदा अधिकांशलाई अमान्य हुनेगरी आयो,’ उनले भने, ‘त्यस्ता निर्णय सच्याएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो।’
_x000D_
_x000D_
अधिकांश नगरसभा सदस्यलाई अमान्य हुने गरी सार्वजनिक भएको निर्णय सच्याउन कारणसहित निवेदन दिँदासमेत मेयर/उपमेयर जिम्मेवार नदेखिएको अर्का सदस्य मानवीर रजकले गुनासो गरे। ‘निवेदन दर्ता भएको करिब १ महिना भयो, तर विशेष सभा बोलाइएकोे छैन,’ उनले भने।
_x000D_
_x000D_
मेयर शिवनारायण साहले भने निवेदनमा माग भए बमोजिम विशेष सभा बोलाउने तयारी भइरहेको तर केही समय अझै लाग्ने बताए।
_x000D_
_x000D_
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को (३) अनुसार सभाका एक तिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय र कारण खुलाइ लिखित अनुरोध गरेमा १५ दिन भित्र सभाको विशेष बैठक बोलाउनु पर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।