काठमाडाैं– निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ।
_x000D_
_x000D_
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका हुन्।
_x000D_
_x000D_
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि दोहोर्याए।
_x000D_
_x000D_
निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने निर्वाचनको मिति कानुनमै तोकि दिन उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ।
_x000D_
_x000D_
निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
_x000D_
_x000D_
प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्नजाने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।