• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यस्ताे छ महांकाल मन्दिरकाे किंवदन्ती

64x64
नेपाल लाइभ शनिबार, मंसिर १, २०७५  ०२:२९
1140x725

काठमाडौं– वीर अस्पतालको सम्मुखमा एक मन्दिर छ। महांकाल भैरव मन्दिर। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शाष्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा समाग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्नसक्छ।

_x000D_ _x000D_

 तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामाग्रीका रुपमा मदिरा अनिवार्य छ। 

_x000D_ _x000D_

उपत्यकाको प्राचीनमध्येको एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा किन चढाउनुपर्ने त? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा के हो? धेरैका लागि यो कौतुहलताको विषय बन्नसक्छ।

_x000D_ _x000D_

महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किवंदन्ती सुनाउँछन्। 

_x000D_ _x000D_

कुरा प्राचीन तान्त्रिक युगको हो। सास्वत नामका बज्रचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रशिद्धि बिहारको मुख्य (पुजारी) थिए। तान्त्रिक गुरु बजा्रचार्य एक दिन नुहाइ–धुवाइ गरी शरीरमा तेल लगाएर मध्यान्हको समयमा टुंडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकासमा कालो बादल छायो। जसका कारण केहीबेरमै धर्ती–आकास पुरै अध्याँरो हुन पुग्यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बजा्रचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकासमा माहांकाल भैरव भगवान आएको थाहा पाए। गुरु बजा्रचार्यले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका माहांकाल भैरव काठमाडौंको आकास हुंदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किम्बदन्तीमा उल्लेख छ।

_x000D_ _x000D_

प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु सास्वत बज्रचार्यले महांकाल भैरव भगवानलाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे।

_x000D_ _x000D_

महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किम्बदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

नेपाल मण्डलमा रहँदा महांकाल भैरव भगवानले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर महांकाल भैरवले नेपाल मण्डलका सवै मानवजातिहरुलाई आफ्नो काखमा राखे। राक्षसको क्रुर व्यवहारबाट प्रताडित यहाँका मानव समुदायको साथमा भगवान बुद्धका अवतारसमेत थिए। सो समयमा भगवान बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै माहांकाल भैरव भगवानसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ। बुद्ध अवतारको आग्रहलाई माहांकाल भैरवले स्वतः स्विकार गरे। तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएको कारण माहांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण माहांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ।

_x000D_ _x000D_

प्राचीन समयमा माहांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टीको भागमा भएता पनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाईको ढुङ्गाको मुर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवानको मुर्तिमुनि उनको बाणसमेत राखिएको छ। जुन गुरु बजा्रचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्।

_x000D_ _x000D_

तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पुजा गर्ने विधि) बाट पुजा गर्न थालिएको मानिन्छ । तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु सास्वत बज्रचार्यले नै गरेका हुन्।

_x000D_ _x000D_

बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान बुद्धले सुरु गरेको बताइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्यको भनाइ छ। उनका अनुसार यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

_x000D_ _x000D_

शाष्त्रीय तथा तान्त्रिक मान्यता र सामाजिक परम्परा मुताबिक धेरै पहिले देखि नै मठमन्दिरहरुमा पशु तथा मानव बली दिने परम्परा छ। यसरी पूजा गर्दा भगवान प्रसन्न हुने र मनोकामना पूरा हुने जनविश्वास पनि छ। तर, महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्य बली दिएर पूजा गर्ने विधिभन्दा बज्रयान पूजा विधि मावन जीवनका लागि अधिक प्रभावकारी हुने दाबी गर्छन्।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पात्र पूजा पनि गरिन्छ। बज्रयान पूजा विधिका लागि ख्या(दही, तेल, ज्वानो, बेसार, मसाला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ।

_x000D_ _x000D_

तर, महांकाल भैरवका पूजारी बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरे। तर सो बज्रयान पूजा विधिको अंग भने होइन। यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ। उनी भन्छन्, ‘खासमा यस विधिअन्तर्गत चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ।’

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ। सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ।

_x000D_ _x000D_

महांकाल भैरव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने मानिसले पूजापाठ गर्ने गर्दछन्। पूजारी बज्राचार्यका अनुसार मुख्य गरी साढेसात, शनि, राहु, केतुलगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन्। तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे।

_x000D_ _x000D_

_x000D_ _x000D_

पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदैजाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन्। पूजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ। खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’

_x000D_ _x000D_

तर, मन्दिर र महांकाल भैरवप्रतिको आस्था भने बढेर गएको उनको बुझाई छ। ‘आफूलाई वा आफ्ना परिवार र आफन्तजनलाई अप्ठेरो पर्दा मन्दिर आउनुहुन्छ। पूजा गर्नुहुन्छ। केही समयपछि अप्ठेरोमा परेकै व्यक्तिलाई राम्रो भयो भनेर पनि आउने गर्नुभएको छ’, बज्राचार्यले भने।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट
सम्बन्धित सामग्री
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधबार, चैत ४, २०८२
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले नि:शुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्म... बुधबार, चैत ४, २०८२
कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ । बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला बुधबार, चैत ४, २०८२
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्