डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः
_x000D_
_x000D_
तीतेकरेला
_x000D_
डायबेटिज भएकाका लागि करेला गुनकारी हुन्छ । यसमा हाइपोग्लिसेमिक नामक तत्व पाइन्छ, जसले पिसाब र रगतमा सुगरको मात्रा कम गरिदिन्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ।
_x000D_
_x000D_
अमला
_x000D_
अमला भिटामिन सीको उत्तम स्रोत हो । डायबेटिज भएकाका लागि अमलामा पाइने भिटामिन सी ज्यादै लाभदायक हुन्छ । एक चम्चा अमलाको रसमा एक कप तीतेकरेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ।
_x000D_
_x000D_
जामुन
_x000D_
जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुँदै जान्छ।
_x000D_
_x000D_
मेथी
_x000D_
दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ। कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।
_x000D_
_x000D_
चना
_x000D_
चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ।
_x000D_
_x000D_
आँपको पात
_x000D_
आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ। आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ।
_x000D_
_x000D_
अन्य खाना
_x000D_
मौसम, जरेसिमी, काँक्रो, प्याज, लसुनजस्ता खाना पनि डायबेटिजका रोगीका निम्ति ज्यादै लाभदायक हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।