खलङ्गा- छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ।
_x000D_
_x000D_
यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन्। गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो। छाउगोठ मुक्त घोषणा कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँवासीले महिनावारी नमान्ने प्रतिबद्धता गरेको वडाध्यक्ष कालीबहादुर बुढाले बताए।
_x000D_
_x000D_
तिलाको ढिमकोट, रावतवाडा र जोडिवाडा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन्। यस्तै तातोपानी गाउँपालिकाको लाम्रा, श्रीनगर, हियाखोला र जैतपुर तथा पातारासी गाउँपालिका–५का माथिल्होर्प र तलिल्होर्प गाउँ समेत छाउगोठमुक्त भइसकेका छन्। हिमा गाउँपालिका–६ महावैपाथरखोला गाउँ शुरुवातमै छाउगोठ मुक्त भइसकेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।