विराटनगर– आमादब्लम हिमाल आरोहणका क्रममा ढुंगाले बिहीबार एक विदेशी नागरिकको मृत्यु भएको छ।
_x000D_
_x000D_
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ स्थित आमादब्लम हिमालको २ नम्बर क्याम्पमा ढुंगाले लागेर अस्ट्रेलियन नागरिक ३३ वर्षीय मिचेल जेओफ्रीको मृत्यु भएको हो।
_x000D_
_x000D_
क्याम्पभन्दा माथिबाट खसेको ढुंगा लागेर उनी ५० मिटर लत खसेका थिए। मिचेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय सोलु र इलाका प्रहरी कार्यालय लुक्लाको संयुक्त प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हेलिकोप्टरमार्फट शव पोस्टमार्टमाक लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।