सुर्खेत– डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ।
_x000D__x000D_
जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो। राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन्।
_x000D__x000D_
बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पुर्याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रुपमा उक्त स्थानमा राडार जडान गरिएकोे हो। रातानाङला समुद्री सतहबाट २ हजार २ सय ४४ मिटर उचाइमा छ। मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयका अनुसार राडारले दुई सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखिमबारे पूर्वानुमान गर्नसक्छ।
_x000D__x000D_
कार्यालय प्रमुख निराजन सापकोटाले प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै छिमेकी मूलुक भारतका केही भूभागमा समेत राडारले सङ्केत गर्ने बताए। ‘कहाँ, कति वर्षा भयो, कति हुँदैछ भन्ने सूचना प्राप्त हुन्छ। बाढीबाट सर्वसाधारणलाई जोगाउन मद्दत पुग्नेछ,’ उनले भने, ‘पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि मौसमी राडार उपयोगी मानिएको छ।’
_x000D__x000D_
विश्व बैंकको सहयोगमा २६ करोड रुपैयाँको लागतमा राडार जडान गरिएको हो। मध्य क्षेत्रको पाल्पा र पूर्वको उदयपुरमा पनि यसप्रकारको राडार जडान गर्ने सरकारको तयारी छ। उक्त विभागले मातहतका निकायलाई प्रादेशिक संरचनामा लैजाने क्रममा सुर्खेतस्थित क्षेत्रीय कार्यालय कोहलपुर स्थानान्तरण गर्ने भएपछि राडार सञ्चालनमा समस्या देखिएको छ। राडार जडान भए पनि आवश्यक कर्मचारी नहुँदा अन्य प्रविधिक काम भने अधुरो छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।