काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्र सङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेकी छिन्।
_x000D_
_x000D_
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए। उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएकी हुन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र सङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।
_x000D_
_x000D_
‘राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने, ‘नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’
_x000D_
_x000D_
यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गरेको परराष्ट्र सल्लाहकार डा भट्टराईले जानकारी दिए। उनका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गरिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।