बुटवल– निर्माणाधीन सडकमा काम गरिरहेको रोलरले च्यापेर एक जना प्राविधिकको मृत्यु भएको छ।
_x000D_
_x000D_
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकखण्डको निर्माणमा संलग्न प्राविधिकको बिहिबार साँझ ज्यान गएको हो।
_x000D_
_x000D_
सडक आयोजना निर्माण कम्पनी टेलि कम्युनिकेसन इन्डिया लिमिटेड (टिसिआइएल)मा सुपरभाईजर पदमा कार्यरत पाल्पाका २५ वर्षीय प्रविण पाण्डेको मृत्यु भएको हो। उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
साँझ करीब सवा ६ बजेतिर तिलोत्तमा नगरपालिकाको मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलर ब्याक हुने क्रममा च्यापिएर पाण्डे गम्भीर घाइते भएका थिए।
_x000D_
_x000D_
साँझको बेला भएकाले रोलरको पछाडि रहेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुनसक्ने आयोजनाका इन्जिनीयर महेश्वर लम्सालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।