बुटबल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीबीच बिहीबार भेटवार्ता भएको छ। मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग तथा सहयोगका क्षेत्रबारे छलफल भएको थियो।
_x000D_
_x000D_
मुख्यमन्त्रीले तीन तहको चुनावपछि संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएका थिए।
_x000D_
_x000D_
भेटमा मुख्यमन्त्रीले प्रदेश ५ मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशको विशेषताहरु बारे राजदूत बेरीलाई बताएका थिए।
_x000D_
_x000D_
भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले आवश्यक सहयोग गर्ने बताएका थिए। उनले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको बताउँदै नेपालमा संघीयता कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी रहेको बताए।
_x000D_
_x000D_
अमेरिकाले ३० वर्षअघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा टेवा पुर्याएको स्मरण गर्दै मुख्यमन्त्री पोखरलेले पूर्वाधार विकासमा श्रोतको आवश्यकता रहेको बताएका थिए। उनले प्राविधिक शिक्षाको केन्द्र स्थापना गर्न सघाउन आग्रह गरेका थिए।
_x000D_
_x000D_
राजदुत भएर आएपछि पहिलोपटक लुम्बिनी भ्रमण गरेका राजदूत बेरीलाई मन्त्री पोखरेलले धन्यवाद दिएका थिए।
_x000D_
_x000D_
त्यसैगरी बेलायती सहयोग नियोग (डिएफआइडी)अन्तर्गतको रोजगारका लागि सीप कार्यक्रमका टिमलिडर बाल्जित भोराले समेत मुख्यमन्त्री समक्ष अाजै भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।