काठमाडौं– दिगो विकास लक्ष्य २०३० प्राप्त गर्न नेपालले गरेको प्रयासको संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा संयुक्त राष्ट्र संघ (यूएन)की उपमहासचिब अमिना जे.मोहम्मदले नेपालको प्रशंसा गरेकी हुन्।
_x000D_
_x000D_
भेटमा प्रधानमन्त्री ओलीले यूएनले नेपालको शान्ति प्रक्रियामा गरेको सहयोगको सह्राना गरेका थिए।
_x000D_
_x000D_
यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्र संघले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरेको प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए। उनले भने ‘नेपालको शान्ति, विकास र समृद्धिका लागि यूएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।