काठमाडौं- ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
_x000D_
_x000D_
अभियानले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छैठौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो।
_x000D_
_x000D_
विश्वभरका शिक्षा अधिकारकर्मीहरूको साझा संजालका रुपमा रहेको सो अभियानको सम्मेलनमा एक सयभन्दा बढी देशका २ सय ५० जना शिक्षाप्रेमीहरू सहभागी हुनेछन्।
_x000D_
_x000D_
सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मद, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
_x000D_
_x000D_
अभियानले न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ। सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोशोले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।