काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा रुकुम आठबिसकोट नगरपालिका–५ बस्ने २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नगरपालिका–९ बस्ने २२ वर्षीय शेरबहादुर डिसी छन्।
_x000D_
_x000D_
उनीहरुलाई सिआइबीले काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट अवैधरुपमा उक्त छाला खरिदबिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो। उनीहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।