काठमाडौं– नेपाल प्रहरीले अब विविध भाषामा समाचार प्रकाशन तथा प्रसारण गर्ने भएको छ।
_x000D_
_x000D_
नेपाल प्रहरीको समाचार कक्षले विविध भाषामा समाचार प्रकाशन तथा प्रसारण गर्न गृहकार्य सुरु गरिसकेको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए।
_x000D_
_x000D_
प्रहरी समाचार कक्षले अहिले सञ्चार माध्यमलाई नेपाली भाषामा मात्रै समाचार उठाउँदै आएको छ। अब प्रहरीका विशेष खालका काम कारबाही, लामा फिचर तथा स्टोरी भने नेपालीसँगै अन्य भाषामा समेत पठाउन लागेको हो।
_x000D_
_x000D_
सञ्चार माध्यम पनि अंग्रेजी, नेवारी, मैथिली भएका कारण नेपाली भाषामा पठाएका समाचार सामाग्रीले प्राथमिकता नपाएका कारण यस्तो गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
प्रहरीले नेपालीका अलवा नेवारी, मैथली, अंग्रेजीलगायतका भाषामा समाचार प्रकाशन गर्न सम्बन्धित भाषाका जानकारहरुलाई तालिमसमेत दिएको प्रहरी स्रोतले जानकारी दियो।
_x000D_
_x000D_
‘हामीले अहिले आन्तरिक गृहकार्य गरिरहेका छौं। केही कठिनाइ पनि आएको छ’ स्रोतले भन्यो, 'अबको लगभग एक सातामै नेपालीबाहेक अन्य भाषाका समाचार समेत सञ्चार माध्यमलाई पठाउँछौं।’
_x000D_
_x000D_
विविध भाषामा समाचार प्रकाशन तथा प्रसारण गर्ने बताइए पनि प्रहरीले अहिले नै यति भाषमा समाचार पठाउने भन्ने टुंगो लागिनसकेको प्रवक्ता सुवेदीले नेपाल लाइभलाई जानकारी दिए।
_x000D_
_x000D_
विविध भाषामा समचार उपलब्ध गराउँदा अन्य भाषाभाषीलाई 'प्रहरी मेरै रहेछ' भन्ने अपनत्व हुने र प्रहरीलाई थप सहयोग हुने प्रहरी प्रधान कार्यालयले विश्वास गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।