रसुवा– पासाङ ल्हामु सडकखण्ड अन्तर्गत पहिरोको जोखिम रहेका स्थानमा भौगर्भिक अध्ययन सुरु गरिएको छ। रसुवाको राम्चेमा भौगर्भिक अध्ययन सुरु भएकोे सिञ्चाई विभाग पहिरो महाशाखाले जानकारी दिएको छ। महाशाखाअन्तर्गतकै जिओसी नेपालले अध्ययन सुरु गरेको हो।
_x000D_
_x000D_
हरेक वर्षाका समयमा पहिरो गई महिनौं दिनसम्म यातायात अवरुद्ध हुनसक्ने जोखिम रहेको यो क्षेत्रको भौगर्भिक अवस्थाका बारेमा अध्ययन गरी इन्जिनियरिङ डिजाइन तयार गरिने र सो डिजाइन विभागमा बुझाइने भुर्गभविद् अशोक सिग्देलले बताए।
_x000D_
_x000D_
भुकम्पअघि र भुकम्पपछि पनि धेरै स्थानमा पहिरो गई धनजनको क्षति भएकाले पासाङ ल्हामु सडक खण्डअन्तर्गत रसुवाकै ग्राङ र मुलखर्कका साथै जिल्लाका अन्य स्थानमा पनि भौगर्भिक अध्ययनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
_x000D_
_x000D_
समयमै भौगर्भिक अध्ययन नहुँदा पहिरो नियन्त्रण नभएकाले सात वर्षअघि एसियाली विकास बैंकको सहयोगमा करिब आठ किलो मिटर सडक कालो पत्रे गर्ने कार्य समेत रोकिएको थियो। सडक डिभिजन कार्यालयले यस स्थानमा वर्षेनी ठूलो रकम खर्चँदै आएको छ।
_x000D_
_x000D_
रोल्पाको फगाम, स्याङ्जाको भन्ज्याङ, कास्कीको सिन्धुल जुरे र रसुवाको राम्चेको पहिरो गरी देशका चार स्थानमा भौगर्भिक अध्ययन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।