• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलियो बन्दै ब्याक्टेरिया, प्रभावहीन हुँदै एन्टिबायोटिक

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १५:००
1140x725

–  विश्वमा एन्टिमाइक्रोवियल रेसिस्टेन्स अहिलेकै अवस्थामा वृद्धि भइरहने हो भने सन् २०५० सम्ममा यसबाट मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ।

_x000D_ _x000D_

– अमेरिकाको स्वास्थ्य प्रणालीमा समेत एक वर्षमा अस्पतालमा भर्ना भएका बिरामीले ८० लाख दिन थप अस्पतालमा बिताउनुपर्ने, जसको थप वार्षिक आर्थिक भार तीय सय ४० करोड अमेरिकी डलरसम्म हुनेछ।

_x000D_ _x000D_

– नेपालको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको एक अध्ययन अनुसार पहिलो लाइनका एन्टिबायोटिकको रेसिस्टेन्स दर ९६ प्रतिशतसम्म छ। अस्पतालजन्य संक्रमण भयो अर्थात् निमोनिया भयो भने उपचारका लागि साढे दुई लाख रुपैयाँसम्म खर्च हुन्छ। यदि पहिलो लाइनका एन्टिबायोटिकले नै काम गरेको भए १० हजार रुपैयाँ मात्रै खर्च गर्दा बिरामी निको हुन सक्थ्यो।

_x000D_ _x000D_

– एक अनौपचारिक तथ्यांक अनुसार एन्टिबायोटिकलाई ब्याक्टेरियाले जितेका कारण नेपालका धेरै अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीमा निमोनिया वा अन्य संक्रमण हुने सम्भावना ४० देखि ६० प्रतिशतसम्म छ।

_x000D_ _x000D_

– ग्रान्डी अस्पतालमा एन्टिबायोटिकको समुचित प्रयोग गर्ने उपचार पद्धति अपनाउँदा ६ महिनामा कडा एन्टिबायोटिकको खपत ७० प्रतिशतले घट्यो। जसको अर्थ हुन्छ, त्यसअघि ७० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक रुपमा भइरहेको थियो। नेपालमा यो अस्पताल बाहेक कुनैमा एन्टिबायोटिकको समुचित प्रयोग गर्ने प्रणालीको विकास गरिएको छैन।

_x000D_ _x000D_

पछिल्लो दुर्इ दशकदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी (एन्टिबायोटिक)को खोज हुन सकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्। जसलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको हो। जसलाई महामारीकै संज्ञा दिइएको छ। यसको चपेटामा नेपालजस्ता विकाशशील देश बढी पर्नेछन्।

_x000D_ _x000D_

माइक्रोवियलमा भाइरस, ब्याक्टेरिया, फङ्गस र अरु परजिवी पनि पर्छन्। यिनीहरुको फरक–फरक स्वरुप भए पनि एन्टी माइक्रोबियल भन्ने शब्दले सबैलाई समेट्छ।

_x000D_ _x000D_

 पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा आइसियू विज्ञ डा. अर्जुन कार्कीका अनुसार एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) त्यस्तो अवस्था हो जुन अवस्थामा ब्याक्टेरियाहरुले आफूहरुलाई मार्ने औषधी पचाएका हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसलाई डा. कार्की सामान्य भाषामा यसरी अर्थ्याउँछन्, ‘यो संसारमा मान्छेको जस्तै ब्याक्टेरियाहरुको पनि अस्तित्व छ। मान्छेले आफू बाँच्नका लागि अनेक जुक्ति लगाउँछन्। ब्याक्टेरियाले पनि त्यसै गर्छ। जसले गर्दा रोग लाग्छ। रोग लगाउने भएकाले सकेसम्म त्यसलाई हामी सिध्याउन चाहन्छौं। त्यसका लागि औषधी दिन्छौं। ब्याक्टेरिया पनि आफूलाई त्यो औषधी भन्दा बलियो कसरी बनाउने भन्नेमा लागिरहेको हुन्छ। ब्याक्टेरियाले उक्त औषधीलाई जित्न थाल्छ। एक समयपछि उक्त औषधीले ब्याक्टेरिया मार्न सक्दैन अर्थात् ब्याक्टेरियाले औषधीलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छ। यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ।’ यसैगरी फङ्गसका लागि एन्टिफङ्गस, भाइरसका लागि एन्टिभाइरस दिइन्छ।

_x000D_ _x000D_

अहिले सरोकारवालाले ब्याक्टेरियामा केन्द्रित भएर कुरा गर्न थालेका छन्। ‘किनभने अहिले सबैभन्दा बढी डर मानवलाई ब्याक्टेरियाबाटै छ,’शिक्षण अस्पतालका अाइसियु विभाग प्रमुख डा सुवास अाचार्य भन्छन्, ‘विभिन्न संक्रमणको कारक ब्याक्टेरिया भएकाले पनि विशेष ध्यान दिन थालिएको हो। ब्याक्टेरिया विरुद्ध दिइने औषधी (एन्टिबायोटिक) प्रभावहीन हुन थालेपछि विश्वले ब्याक्टेरियाबाट चुनौती महसुस गरेको हो।’

_x000D_ _x000D_

जथाभावी एन्बिायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा छन्। नेपाल उच्च जोखिमयुक्त मुलुकको पहिलो पंक्तिमै पर्छ। किनभने एन्टिबायोटिक प्रभावहीन हुन नदिने विश्व समुदायले अपनाएका  विशेष कार्यक्रम नेपालले अहिलेसम्म आत्मसाथ गर्न सकेको छैन।

_x000D_ _x000D_

‘भइरहेको छ धेरैको मृत्यु’
_x000D_ नेपालमा एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी सर्वेक्षण हुन सकेको छैन। तर, रेसिस्टेन्स दर उच्च रहेको भन्नेमा यस सम्बन्धी जानकार सबै एकमत छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही नेपालमा केही एन्टिबायोटिक रेसिस्टेन्स भएको जनाएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

एन्टिबायोटिक बढी प्रभावहीन भइरहेका मुलुकमध्येमा पर्ने भारत र पाकिस्तान बराबरको स्थितिमा नेपालमा रहेको डा. अधिकारी बताउँछन्। शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यका अनुसार कडाभन्दा कडा एन्टिबायोटिक पचाइसकेको ब्याक्टेरिया (सुपरबग) नेपालका अस्पतालमा ७० प्रतिशतसम्म भेटिन्छन्। जबकी अमेरिकामा १० देखि २० प्रतिशत मात्रै छ।

_x000D_ _x000D_

अन्य कुनै रोग लागेर अस्पताल पुगेका बिरामीको निमोनिया भएर मृत्यु भएको चिकित्सकले बताउने गर्छन्। डा. आचार्यका अनुसार यो मृत्यु एन्टिबायोटिकले काम नगरेको अवस्थामा हो। उनी भन्छन्, ‘औषधीले काम नगरेर पनि निमोनिया हुनसक्छ।’

_x000D_ _x000D_

यसरी हुने निमोनिया अस्पतालजन्य संक्रमणका कारण पनि हुन्छ। किनभने अस्पतालका भित्ता, स्वास्थ्यकर्मीले लगाउने गाउन, उपकरणमा पनि एन्टिबायोटिक पचाइसकेका ब्याक्टेरिया हुने गर्छन्। तीनको संक्रमण भयो भने बिरामी जोगाउन मुस्किल पर्ने उनको भनाइ छ। ‘सुपरबग’ भनिने यी ब्याक्टेरिया विश्वकै नयाँ चुनौती बनिरहेको छ। यसलाई नियन्त्रण गर्न अस्पतालहरु लाग्नुपर्ने उनी बताउँछन्। औषधि पसले, अस्पताल सञ्चालक र चिकित्सकलाई यसबारे जानकारी भए पनि उचित ध्यान नदिएको उनले बताए।

_x000D_ _x000D_

जोगिन के गर्ने?

_x000D_ _x000D_

यो समस्याबाट जोगिन विभिन्न क्षेत्रबाट हस्तक्षेप गर्न जरुरी छ। एन्टिबायोटिक प्रयोग घटाउने र समुचित प्रयोग गर्ने नीति अपनाउनुपर्छ। यसका लागि विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान, २०१५ बनाएको छ। जसमा उपभोक्ता, चिकित्सा वर्ग, नीतिनिर्माता र सरोकारवाला सबैलाई लक्ष्य गर्दै विभिन्न नीति तथा कार्यक्रम आत्मसाथ गर्न निर्दिष्ट गरिएको छ।

_x000D_ _x000D_

उपभोक्तालाई लक्षित गरी ‘प्रभावकारी शिक्षा सञ्चार र तालिमको माध्यामबाट एएमआरका विषयमा जनचेतना फैलाउनुपर्ने’ भनिएको छ। यसैगरी सरोकारवालालाई निगरानी राख्न, सर्वेक्षण गर्न भनिएको छ। अस्पतालजन्य संक्रमण बढ्दो क्रममा रहेको कुरालाई मध्यनजर गर्दै स्वच्छता र संक्रमण रोकथामका उपायलाई प्रभावकारी बनाउन विभिन्न उपाय अख्तियार गर्न सुझाइएको छ।

_x000D_ _x000D_

पछिल्लो समय मानवमा मात्रै होइन, पशुपन्छीमा समेत एन्टिबायोटिकको प्रयोग अत्याधिक रहेको विषयमा समुचित प्रयोगलाई बढवा दिने डब्लुएचओको एक्सन प्लानमा उल्लेख छ। नयाँ औषधी, निदानको विधि, खोप र अन्य उपायका लागि देशको आवश्यकता अनुरुप नयाँ र दिगो आर्थिक लगानीको विकास भनिएको छ।
_x000D_  

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्