– विश्वमा एन्टिमाइक्रोवियल रेसिस्टेन्स अहिलेकै अवस्थामा वृद्धि भइरहने हो भने सन् २०५० सम्ममा यसबाट मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ।
_x000D_
_x000D_
– अमेरिकाको स्वास्थ्य प्रणालीमा समेत एक वर्षमा अस्पतालमा भर्ना भएका बिरामीले ८० लाख दिन थप अस्पतालमा बिताउनुपर्ने, जसको थप वार्षिक आर्थिक भार तीय सय ४० करोड अमेरिकी डलरसम्म हुनेछ।
_x000D_
_x000D_
– नेपालको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको एक अध्ययन अनुसार पहिलो लाइनका एन्टिबायोटिकको रेसिस्टेन्स दर ९६ प्रतिशतसम्म छ। अस्पतालजन्य संक्रमण भयो अर्थात् निमोनिया भयो भने उपचारका लागि साढे दुई लाख रुपैयाँसम्म खर्च हुन्छ। यदि पहिलो लाइनका एन्टिबायोटिकले नै काम गरेको भए १० हजार रुपैयाँ मात्रै खर्च गर्दा बिरामी निको हुन सक्थ्यो।
_x000D_
_x000D_
– एक अनौपचारिक तथ्यांक अनुसार एन्टिबायोटिकलाई ब्याक्टेरियाले जितेका कारण नेपालका धेरै अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीमा निमोनिया वा अन्य संक्रमण हुने सम्भावना ४० देखि ६० प्रतिशतसम्म छ।
_x000D_
_x000D_
– ग्रान्डी अस्पतालमा एन्टिबायोटिकको समुचित प्रयोग गर्ने उपचार पद्धति अपनाउँदा ६ महिनामा कडा एन्टिबायोटिकको खपत ७० प्रतिशतले घट्यो। जसको अर्थ हुन्छ, त्यसअघि ७० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक रुपमा भइरहेको थियो। नेपालमा यो अस्पताल बाहेक कुनैमा एन्टिबायोटिकको समुचित प्रयोग गर्ने प्रणालीको विकास गरिएको छैन।
_x000D_
_x000D_
पछिल्लो दुर्इ दशकदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी (एन्टिबायोटिक)को खोज हुन सकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्। जसलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको हो। जसलाई महामारीकै संज्ञा दिइएको छ। यसको चपेटामा नेपालजस्ता विकाशशील देश बढी पर्नेछन्।
_x000D_
_x000D_
माइक्रोवियलमा भाइरस, ब्याक्टेरिया, फङ्गस र अरु परजिवी पनि पर्छन्। यिनीहरुको फरक–फरक स्वरुप भए पनि एन्टी माइक्रोबियल भन्ने शब्दले सबैलाई समेट्छ।
_x000D_
_x000D_
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा आइसियू विज्ञ डा. अर्जुन कार्कीका अनुसार एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) त्यस्तो अवस्था हो जुन अवस्थामा ब्याक्टेरियाहरुले आफूहरुलाई मार्ने औषधी पचाएका हुन्छन्।
_x000D_
_x000D_
यसलाई डा. कार्की सामान्य भाषामा यसरी अर्थ्याउँछन्, ‘यो संसारमा मान्छेको जस्तै ब्याक्टेरियाहरुको पनि अस्तित्व छ। मान्छेले आफू बाँच्नका लागि अनेक जुक्ति लगाउँछन्। ब्याक्टेरियाले पनि त्यसै गर्छ। जसले गर्दा रोग लाग्छ। रोग लगाउने भएकाले सकेसम्म त्यसलाई हामी सिध्याउन चाहन्छौं। त्यसका लागि औषधी दिन्छौं। ब्याक्टेरिया पनि आफूलाई त्यो औषधी भन्दा बलियो कसरी बनाउने भन्नेमा लागिरहेको हुन्छ। ब्याक्टेरियाले उक्त औषधीलाई जित्न थाल्छ। एक समयपछि उक्त औषधीले ब्याक्टेरिया मार्न सक्दैन अर्थात् ब्याक्टेरियाले औषधीलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छ। यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ।’ यसैगरी फङ्गसका लागि एन्टिफङ्गस, भाइरसका लागि एन्टिभाइरस दिइन्छ।
_x000D_
_x000D_
अहिले सरोकारवालाले ब्याक्टेरियामा केन्द्रित भएर कुरा गर्न थालेका छन्। ‘किनभने अहिले सबैभन्दा बढी डर मानवलाई ब्याक्टेरियाबाटै छ,’शिक्षण अस्पतालका अाइसियु विभाग प्रमुख डा सुवास अाचार्य भन्छन्, ‘विभिन्न संक्रमणको कारक ब्याक्टेरिया भएकाले पनि विशेष ध्यान दिन थालिएको हो। ब्याक्टेरिया विरुद्ध दिइने औषधी (एन्टिबायोटिक) प्रभावहीन हुन थालेपछि विश्वले ब्याक्टेरियाबाट चुनौती महसुस गरेको हो।’
_x000D_
_x000D_
जथाभावी एन्बिायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा छन्। नेपाल उच्च जोखिमयुक्त मुलुकको पहिलो पंक्तिमै पर्छ। किनभने एन्टिबायोटिक प्रभावहीन हुन नदिने विश्व समुदायले अपनाएका विशेष कार्यक्रम नेपालले अहिलेसम्म आत्मसाथ गर्न सकेको छैन।
_x000D_
_x000D_
‘भइरहेको छ धेरैको मृत्यु’
_x000D_
नेपालमा एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी सर्वेक्षण हुन सकेको छैन। तर, रेसिस्टेन्स दर उच्च रहेको भन्नेमा यस सम्बन्धी जानकार सबै एकमत छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही नेपालमा केही एन्टिबायोटिक रेसिस्टेन्स भएको जनाएको छ।
_x000D_
_x000D_
एन्टिबायोटिक बढी प्रभावहीन भइरहेका मुलुकमध्येमा पर्ने भारत र पाकिस्तान बराबरको स्थितिमा नेपालमा रहेको डा. अधिकारी बताउँछन्। शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यका अनुसार कडाभन्दा कडा एन्टिबायोटिक पचाइसकेको ब्याक्टेरिया (सुपरबग) नेपालका अस्पतालमा ७० प्रतिशतसम्म भेटिन्छन्। जबकी अमेरिकामा १० देखि २० प्रतिशत मात्रै छ।
_x000D_
_x000D_
अन्य कुनै रोग लागेर अस्पताल पुगेका बिरामीको निमोनिया भएर मृत्यु भएको चिकित्सकले बताउने गर्छन्। डा. आचार्यका अनुसार यो मृत्यु एन्टिबायोटिकले काम नगरेको अवस्थामा हो। उनी भन्छन्, ‘औषधीले काम नगरेर पनि निमोनिया हुनसक्छ।’
_x000D_
_x000D_
यसरी हुने निमोनिया अस्पतालजन्य संक्रमणका कारण पनि हुन्छ। किनभने अस्पतालका भित्ता, स्वास्थ्यकर्मीले लगाउने गाउन, उपकरणमा पनि एन्टिबायोटिक पचाइसकेका ब्याक्टेरिया हुने गर्छन्। तीनको संक्रमण भयो भने बिरामी जोगाउन मुस्किल पर्ने उनको भनाइ छ। ‘सुपरबग’ भनिने यी ब्याक्टेरिया विश्वकै नयाँ चुनौती बनिरहेको छ। यसलाई नियन्त्रण गर्न अस्पतालहरु लाग्नुपर्ने उनी बताउँछन्। औषधि पसले, अस्पताल सञ्चालक र चिकित्सकलाई यसबारे जानकारी भए पनि उचित ध्यान नदिएको उनले बताए।
_x000D_
_x000D_
जोगिन के गर्ने?
_x000D_
_x000D_
यो समस्याबाट जोगिन विभिन्न क्षेत्रबाट हस्तक्षेप गर्न जरुरी छ। एन्टिबायोटिक प्रयोग घटाउने र समुचित प्रयोग गर्ने नीति अपनाउनुपर्छ। यसका लागि विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान, २०१५ बनाएको छ। जसमा उपभोक्ता, चिकित्सा वर्ग, नीतिनिर्माता र सरोकारवाला सबैलाई लक्ष्य गर्दै विभिन्न नीति तथा कार्यक्रम आत्मसाथ गर्न निर्दिष्ट गरिएको छ।
_x000D_
_x000D_
उपभोक्तालाई लक्षित गरी ‘प्रभावकारी शिक्षा सञ्चार र तालिमको माध्यामबाट एएमआरका विषयमा जनचेतना फैलाउनुपर्ने’ भनिएको छ। यसैगरी सरोकारवालालाई निगरानी राख्न, सर्वेक्षण गर्न भनिएको छ। अस्पतालजन्य संक्रमण बढ्दो क्रममा रहेको कुरालाई मध्यनजर गर्दै स्वच्छता र संक्रमण रोकथामका उपायलाई प्रभावकारी बनाउन विभिन्न उपाय अख्तियार गर्न सुझाइएको छ।
_x000D_
_x000D_
पछिल्लो समय मानवमा मात्रै होइन, पशुपन्छीमा समेत एन्टिबायोटिकको प्रयोग अत्याधिक रहेको विषयमा समुचित प्रयोगलाई बढवा दिने डब्लुएचओको एक्सन प्लानमा उल्लेख छ। नयाँ औषधी, निदानको विधि, खोप र अन्य उपायका लागि देशको आवश्यकता अनुरुप नयाँ र दिगो आर्थिक लगानीको विकास भनिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।