• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एन्टिबायोटिकको प्रयोगमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १४:००
1140x725

ब्याक्टेरियासँगको लडाइँमा मानव पराजित नहुने हो भने नयाँ औषधीको खोजी नहुन्जेल भइरहेको औषधी ब्याक्टेरियाले पचाउन दिनबाट रोक्नुपर्छ। यही कारणले वैज्ञानिकहरुले ब्याक्टेरियाको शिकार गर्ने औषधी (एन्टिबायोटिक)लाई पहिलो, दोस्रो र तेस्रो गरी तीन लाइनमा वर्गीकरण गरेका छन्। ब्याक्टेरियाको संक्रमणबाट बिरामी पर्दा सुरुमा पहिलो लाइनकै एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। निश्चित अवधि र मात्राअनुसार उक्त एन्टिबायोटिक प्रयोग गर्दा ब्याक्टेरिया मर्छन्। तर, यसो गर्दा ब्याक्टेरिया मरेनन् भने दोस्रो र त्यसले पनि भएन भने मात्रै तेस्रो लाइनका एन्टिबायोटिक प्रयोग गर्नुपर्ने विश्वव्यापी मान्यता छ।

_x000D_ _x000D_

विश्वको जल्दोबल्दो समस्या भएको कुरा जानेबुझेका नेपाली चिकित्सकहरुले समेत यो मान्यतालाई प्रयोगमा ल्याइरहेका छैनन्। चिकित्सक नै यो समस्या नियन्त्रणका लागि ठूलो समस्या हुन सक्ने देखिएको छ। राम्रो चिकित्सकका रुपमा आफूलाई उभ्याइरहन उनीहरुले एकैपल्ट तेस्रो लाइनको एन्बिायोटिक सिफारिस गर्ने देखिएको शिक्षण अस्पताल महराजगञ्जका आइसियू इन्चार्ज डा. सुवास आचार्य बताउँछन्। 

_x000D_ _x000D_

उनी भन्छन्, ‘ठूला डाक्टरकोमा उपचार गराएका बिरामीले कडा एन्टिबायोटिक पाएको देखिएको छ। नरम एन्टिबायोटिक दिएर बिरामीमाथि जोखिम मोल्न नचाहने डाक्टरहरु हामीले प्रसस्त पाएका छौं।’ 

_x000D_ _x000D_

यसैगरी ग्रामिण भेगमा रहेका स्वास्थ्यकर्मीहरुले आफूलार्इ राम्रो उपचार गर्ने व्यक्ति कहलाउन कडा खालका एन्टिबायोटिक चलाउन गरेका छन्। त्यहाँ निको नभएर रिफरल अस्पतालमा उपचार गर्ने पुगेका बिरामीलार्इ सामान्य एन्टिबायोटिकले नछुने गरेको चिकित्सकहरु बताउँछन्। 

_x000D_ _x000D_

रोग च्वाट्टै निको पार्ने चिकित्सकका रुपमा कहलिसकेका केही डाक्टरले त्यो ख्याति कायम राख्न कडा मात्रै होइन, दुईटा र तीनटासम्म एन्टिबायोटिक चलाउने गरेको डा अचार्यको दाबी छ। विश्वका अन्य देशमा ‘रिजर्भ’ राखिएका एन्टिबायोटिक्स पनि नेपालमा चलाइने गरेका छन्। फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष बाबुराम हुमागाईं भन्छन्, ‘नेपालमा प्रयोगमा रहेका क्लिन्डामाइसिन, लिनोजोलेट, ट्याजोब्याक्टोम, सेफालोस्पिरिन हाइ जनेरेसन, टिजिसाइकिलिन जस्ता केही एन्टिबायोटिक्स कतिपय देशमा रिजर्भ छन्।’ 

_x000D_ _x000D_

कतिपय नेपाली चिकित्सकमा जति नयाँ औषधी प्रयोग गर्‍यो त्यति सिपालु ठहरिने भ्रम रहेको डा. अर्जुन कार्कीले भेटेका छन्। उनी भन्छन्, ‘मानौं हामी १० जना चिकित्सक छौं। हामीमध्ये जान्नबुझ्ने हुन एक जनाले विश्व बजारमा भर्खर अविस्कार भएको नयाँ औषधी प्रयोग गर्छ। जबकि पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्थ्यो। नयाँ औषधी र नयाँ कुराका बारेमा जानकारी राख्छु भन्ने देखाउन जनस्वास्थ्यमाथि खेलबाड गरिरहेका हुन्छन्। जानकारी राख्नु राम्रो हो तर त्यसको प्रयोग अन्तिम अस्त्रका रुपमा गर्ने हो। म जान्ने, मै सिपालु देखाउन अनावश्यक एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति हावी छ। यो गलत हो। यसको आलोचना गर्नुपर्छ। यसलाई रोक्नुपर्छ।’

_x000D_ _x000D_

यसैगरी, कोही ज्वरो आएर उपचारका लागि गयो कि सुरुमै एन्टिबायोटिक दिइहाल्ने प्रवृत्ति छ। डा. कार्की भन्छन्, ‘ज्वरो विभिन्न कारणले आउँछ। त्यसैले ब्याक्टेरिया वा अन्य कुन कारण हो भन्ने यकिन गरेर एन्टिबायोटिक दिनुपर्ने अवस्था देखियो भने मात्रै त्यसको प्रयोग गर्नुपर्छ। मैले ज्वरो च्वाट्टै निको पारिनँ भने बिरामी अन्तै जान्छ। मेरो नाम पनि खराब हुन्छ भन्ने डर डाक्टरलाई छ। उनीहरु यस्तो जोखिम मोल्न चाहँदैनन् र कडा एन्बिायोटिक चलाउँछन्।’

_x000D_ _x000D_

नेपालमा डाक्टरले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउने गरेका छन्। उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउन जरुरी रहेको डा कार्की बताउछन्। अहेबलाई समेत एन्टिबायोटिक चलाउने अनुमति दिने कि नदिने, बिरामीले सिधै किन्न पाउने कि नपाउने लगायतका विषयमा बहस चलाउनुपर्न उनी बताउँछन्।
_x000D_ नेपालमा ब्याक्टेरियाको सेन्सिटिभिटी एनालाइसिस अर्थात् दिन लागिएको एन्टिबायोटिक उक्त ब्याक्टेरियाका लागि प्रभावकारी छ कि छैन भनेर हेर्ने प्रक्रिया पनि राम्रो नरहेको   हुमागार्इं बताउँछन् ।  कमिसनको लोभमा स्वास्थ्यकर्मी र  डाक्टरले अनावश्यक एन्टिबायोटिक सिफारिस गरिरहेको समेत उनको आरोप छ। उनले भने, ‘बिरामीले आफ्नो रोगका लागि होइन। डाक्टरको कमिसनका लागि औषधी खाइदिनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

चिकित्सक,  औषधी कम्पनी र औषधी व्यवस्था विभागका जिम्मेवार पदाधिकारीको मिलेमतोमा कडा एन्टिबायोटिक प्रयोग हुने गरेको उनको आरोप छ। कतिपय अवस्थामा डाक्टरले पटके सिफारिस लिएर यस्ता औषधी भित्र्याइदिन्छन्। जसमा विभागको नियन्त्रण कमजोर रहेको हुमागाईं बताउँछन्। उनी भन्छन्, ‘पटके भनेको एक बिरामीका लागि निश्चित मात्रामा प्रयोग गर्न अनुमति दिने हो। तर, पटके सिफारिस लिएर वर्षौंसम्म औषधी भित्र्याउने गरेको देखिन्छ।’

_x000D_ _x000D_
_x000D_

'जान्ने देखाउन नयाँ एन्टिबायोटिक चलाउने प्रवृत्ति छ'

_x000D_ _x000D_

डा अर्जुन कार्की, छातीरोग तथा आइसियू विशेषज्ञ

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

एन्टिबायोटिक औषधि खोज्न वर्षौं लाग्छ। विशेषगरी परीक्षण प्रक्रियामा धेरै समय लाग्छ। तर, ब्याक्टेरियाहरुले चाँडै प्रतिरोध शक्ति बनाइहाल्छन् । उनीहरु भर्खर अविस्कार भएका एन्टिबायोटिक पनि पचाइदिन्छन्। जब नयाँ औषधी पनि पचाउन थाले भने डाक्टरले के औषधी दिने? कसरी बिरामी जोगाउने? यो महामारीको अवस्था हो।

_x000D_ _x000D_

एन्टिबायोटिक चाहिने अवस्था आयो भने कुन ब्याक्टेरियालाई कति मात्रा दिने यकिन गर्नुपर्छ। हामीले तत्कालीन स्वार्थ पूर्तिका लागि भविष्यमा आउने समस्यालाई नजरअन्दाज गर्न मिल्दैन। हाम्रा डाक्टरहरुमा जति नयाँ औषधी प्रयोग गर्‍यो त्यति सिपालु भन्ने भ्रम छ।

_x000D_ _x000D_

पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्ने भए पनि नयाँ औषधीबारे जानकारी राख्छु भन्ने देखाउन सबभन्दा पछिल्लोपल्ट अविस्कार भएको औषधि प्रयोग गर्न दिइहाल्ने चलन छ। खासमा पुराना पुस्ताका एन्टिबायोटिक चलाउँदा केही सीप नलागे पो नयाँको प्रयोग गर्ने हो त। जान्ने र सिपालु देखाउन गरिने यो प्रवृत्तिको आलोचना गर्नुपर्छ।

_x000D_ _x000D_

यसैगरी, जबसम्म कुनै पनि व्यक्तिले सिफारिस गर्न र औषधी पसलबाट एन्टिबायोटिक किन्न पाउने चलन रोकिँदैन, त्यतिबेलासम्म चिकित्सकलाई मात्रै रोकेर हुँदैन।

_x000D_ _x000D_

नेपालमा डाक्टरले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउँछन्। उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउन जरुरी छ। अहेबलाई समेत एन्टिबायोटिक चलाउने अनुमति दिने कि नदिने, बिरामीले सिधै किन्न पाउने कि नपाउने लगायतका विषयमा बहस चलाउनुपर्छ। यससँगै जनचेतना पनि जरुरी छ । नत्र नियन्त्रण मात्रै गरेको जस्तो देखिन्छ, नियन्त्रण हुँदैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्