काठमाडौं- फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ। अभिनेत्री वर्षा राउत र अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहेको फिल्मको टिजरमा मुख्य कलाकार  विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, दयाहाङ राईलगायतको प्रस्तुति देख्न सकिन्छ। 
_x000D_
_x000D_
जात्रामा मकुण्डोसहित नृत्य गर्ने लाखेसँग भाग्दै गरेका तीन पात्र विपिन, रवीन्द्र सिंह र रवीन्द्र झा टिजरमा देखिएका छन्। समस्याबाट हार खाएर काठमाडौंमा मर्ने वातावरणको खोजीमा भौतारिएका उनीहरु मर्न खोज्दा खोज्दैपनि अभिनेता दयाहाङ राईको जालमा परेको देख्न सकिन्छ।
_x000D_
_x000D_
प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रै जात्रा’मा विपिन, वर्षा र दयाहाङको साथमा बानियाँ, झाका साथै प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु रानालगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
फिल्म फागुन १७ गते देखि प्रदर्शनमा आउनेछ।
_x000D_
_x000D_
टिजर हेर्नुहोस्
_x000D_
_x000D_
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।