काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताएका छन्।
_x000D_
_x000D_
मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पुर्याएको उनले स्पष्ट पारे।
_x000D_
_x000D_
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दाबी पनि गरे। जनताको चाहाना अनुसार मुलुकमा विकास, निर्माणको कामलाई तीव्रता दिने मन्त्री पण्डितको योजना छ।
_x000D_
_x000D_
मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने आश्वासन पनि दिउ। वर्षाका कारण यसअघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको तर्क छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।