बाँके- मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एक जनाको मृत्यु भएको छ। 
_x000D_
_x000D_
राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो। 
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो। गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 
_x000D_
_x000D_
झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ। होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।