_x000D_
_x000D_
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले सबै राजनीतिक दलहरुलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
_x000D_
_x000D_
उपनेता नेम्वाङले मुलुकलाई अघि बढाउन अझै पनि दलहरु एकै ठाउँमा उभिनुपर्ने अवस्था रहेको  स्पष्ट पारे। गणेशमान सिंह जन्मजयन्तीको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र मधेसका जनतालाई अझै एकताबद्ध बनाएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए।
_x000D_
_x000D_
उपनेता नेम्वाङले गणेशमान सिंहले देखाएको बाटोबाट अघि बढ्ने हो भने सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर राष्ट्रको सेवामा लाग्नुपर्ने पनि उल्लेख गरे।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।