काठमाडौं- वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ।
_x000D_
_x000D_
सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो।
_x000D_
_x000D_
उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको खुलेर प्रशंशा गरे।उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरे।
_x000D_
_x000D_
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान गरेका उनको २०५४ साल असोज २ गते निधन भएको थियो। स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।