काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिस्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
_x000D_
_x000D_
नेता सिंहले मुलुकमा आर्थिक विकास गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पस्ट पारे।
_x000D_
_x000D_
शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सिंहले कम्युनिस्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको उल्लेख गर्दै सोही बाटोबाट अघि बढ्न सके मात्रै मुलुकमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराए।
_x000D_
_x000D_
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले जनतालाई सुख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।