हरारे, जिम्बाबे - जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन्।
_x000D_
_x000D_
प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताए।
_x000D_
_x000D_
प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।
_x000D_
_x000D_
मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।