१. विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रगत रक्तदानमार्फत् संकलन हुन्छ।
_x000D_
२. अमेरिकामा बर्सेनि १ करोड ३६लाख युनिट होल ब्लड र रेड ब्लड सेल संकलन हुन्छन् ।
_x000D_
३. विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष २० लाख युनिट रगत अभाव हुन्छ र भारतमा कुल जनसंख्याको १ प्रतिशतलेमात्र रक्तदान गर्छन्।
_x000D_
_x000D_
४. अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यक पर्छ।
_x000D_
५. मानिसको सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ थियो, जसलाई डा. कार्ल ल्यान्डस्टीनरले सन् १९०१ मा पत्ता लगाएका थिए।
_x000D_
६. एबी पोजिटिभ रक्तसमुहलाई युनिभर्सल प्रापक मानिछ। यो समुहमा मानिसले कुनै पनि रक्तसमुहको रगत लिन सक्छन्। ओ नेगेटेभिलाई भने युुनिभर्सल डोनर मानिन्छ। यो समुहको रगत भएको मानिसले कुनै पनि रक्त समुहका मानिसका लागि रगत दिन सक्छन्।
_x000D_
_x000D_
७. झिकिएको प्लेटलेट ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ।
_x000D_
८. प्लाज्मा र क्राइओप्रीसीपिटेटेलाई चिसो अवस्थामा संकलन गरेर एक वर्षसम्म प्रयोगगर्न सकिन्छ।
_x000D_
९. संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी सिफलिसको परीक्षण गरिन्छ।
_x000D_
_x000D_
१०. रगतलाई विभिन्न खालका शल्यक्रियामा प्रयोग गरिन्छ। न्युन आय भएका देशमा प्रसुतिका बेला, बालबालिकालाई हुने मलेरिया, दुर्घटनाहरुमा रगत प्रयोग गरिन्छ।
_x000D_
११. अमेरिकामा हरेक वर्ष १ हजार शिशुहरु रगतसम्बन्धी सिकलसेल एनिमियाबाट प्रभावित भएर जन्मन्छन्। तिनीहरुलाई जीवनकाल भरि नै रगत दिनुपर्ने हुन्छ।
_x000D_
१२. ४७ प्रतिशत रक्तदान धनी देशबाट संकलन हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।