काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि आग्रह गरेका छन् ।
आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकासका लागि पहल लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।
भेटबारे जानकार पार्टी स्रोतका अनुसार देउवालाई पार्टी एकताका लागि लचकता अपनाउन आग्रह गरेका थिए । पार्टीमा को नेता बन्ने भन्दा पनि एकता प्रमुख आवश्यकता रहेको कोइरालाले देउवासँग बताएका थिए ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन् । अर्कोतर्फ, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधान अनुसार विशोष महाधिवेशन आव्हान नभएको हुँदा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।