काठमाडौँ – नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम(४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।
सूचीअनुसार बढुवाका लागि सिफारिस हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन् । उनीहरू हाल नेपाल प्रहरीका विभिन्न केन्द्रीय तथा जिल्ला कार्यालय, विशेष सुरक्षा गण, मानव अधिकार, विपद् व्यवस्थापन, विमानस्थल सुरक्षा, प्रशासन तथा सूचना विश्लेषण शाखामा कार्यरत छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।