• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सहायक वन अधिकृतको सम्पत्ति २ करोड, राजीनामापछि खुल्यो अकुत सम्पत्ति आर्जनको रहस्य

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  १२:०३
1140x725

काठमाडौं– वन मन्त्रालय अन्तर्गत रोजगारीमा रहेका एक सहायक अधिकृतले अवकाश प्राप्त गर्दासम्मको अवधिमा कति रकम आर्जन गर्न सक्ला? यसको अनुमान लगाउन कठिन छैन। निजामती सेवाको राजपत्र तृतिय श्रेणीको अधिकृतको तलब हालको स्केलमा भत्तासहित ३२ हजार पुग्ने देखिन्छ। अवकाश पाउँदाको अवधिसम्म उसले आर्जन गरेको सम्पत्ति हिसाब गर्दा बचतको रुपमा केही लाख रुपैयाँ हुन सक्ला।

_x000D_ _x000D_

तर, वन अधिकृतको रुपमा कार्यरत रहेका एक कर्मचारीले करिब २ करोड रकम अवैधानिक रुपमा आर्जन गरेको पाइएको छ। यही बीचमा उनले ३ करोड रुपैयाँ अवैधानिक रुपमा कमाएको रकम खर्च गरेको र त्यसको स्रोत खुल्न समेत नसकको अनुसन्धानबाट भेटिएको छ।

_x000D_ _x000D_

यसरी २ करोड अकुत सम्पत्ति आर्जन गर्न अवकाश प्राप्त सहायक वन अधिकृत हुन्, विनोद कुमार सिंह।

_x000D_ _x000D_

वन मन्त्रालयका आकर्षक स्थानहरुमा जागिरमा बसेका सिंहले अकुत सम्पत्ति आर्जन गरेको रहस्य उनले अवकाश पाएपछि मात्र खुलेको हो।

_x000D_ _x000D_

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिंह विरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि खोजी गर्दा यो रहस्य खुलेको हो।

_x000D_ _x000D_

अख्तियारले सिंहले पदमा रहँदा विभिन्न गैरकानुनी कार्यबाट रकम आर्जन गरी लुकाएको भेटेपछि सोमबार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ।

_x000D_ _x000D_

अख्तियारले सिंहसँग एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी गरेको छ।

_x000D_ _x000D_

सिंह २०४३ सालमा निजामती सेवामा भर्ना भएका थिए।  अख्तियारले हाल उनीसँग रहेको सम्पत्ति हेर्दा उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

यो अवधिमा तीन करोड ५१ लख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। खर्च भइसकेको रकम समेत अवैधानिक स्रोत हुन सक्ने तर त्यसलाई पुष्टि गर्न नसकेपछि अख्तियारले आरोपपत्रमा दाबी गरेको छैन।

_x000D_ _x000D_

आम्दानी  डेढ करोड, खर्च साढे ३ करोड
_x000D_ अख्तियारले अनुसन्धानमा अर्को चाखलाग्दो तथ्य समेत फेला पारेको छ। निजामती सेवामा प्रवेश भएपछि हालसम्म डेढ करोड आम्दानी गरेको सिंहको परिवारले खर्च भने साढे ३ करोडभन्दा धेरै गरेको देखिएको छ।

_x000D_ _x000D_

सिंहले २०४३ फागुन १३ गतेदेखि जाँच अवधिमा १ करोड ६० लाख २१ हजार ८ आय आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

सिंहले परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैंक मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी आम्दानीको तेब्बर अर्थात् ३ करोड ५१ लाख ८२ हजार ६ सय ४४  खर्च गरेको विवरण अख्तियारले अनुसन्धान गर्दा फेला पारेको छ। यसरी हेर्दा करिव २ करोड रुपैया सिंहले गैरकानुनी आर्जन गरेको देखिएको छ । यसरी सम्पत्तिको स्रोत नखुलेको पाइएपछि सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको भन्दै उनको परिवारको नाममा रहेको सम्पत्ति समेत जफत हुनुपर्ने अख्तियारको दाबी छ।

_x000D_ _x000D_

अख्तियारको छानबिनपछि राजिनामा 
_x000D_ सिंहले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारमा उजुरी दायर हुने समयसम्म उनी वन अधिकृतको रुपमा कार्यरत रहेका थिए। जब अख्तियारले बयानका लागि बोलायो, उनले पदबाट राजीनामा दिए। २०७४ सालमा उनले अवकाश पाउने केही वर्ष बाँकी हुदै पदबाट राजिनामा दिए।

_x000D_ _x000D_

अख्तियारले पदमा रहँदै भ्रष्टाचारको मुद्दा हाल्ने चाल पाएपछि उनले पद त्यागेका थिए। सिंहले गत वर्ष राजीनामा दिएका थिए।

_x000D_ _x000D_

राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन विपरितको कार्य गरेको भन्दै अख्तियारले १० वर्ष कैद सजाय हुनुपर्ने दाबी गरेको छ।

_x000D_ _x000D_

अख्तियारले सिंहसँग अकुत सम्पत्ति आर्जन गरे बराबरको जरिवाना र बिगो समेत असुल हुनुपर्ने दाबी गरेको छ।

_x000D_ _x000D_

आयोगले उनकी श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहविरुद्ध पनि मुद्दा दायर गरेको छ। अकुत सम्पत्ति श्रीमती र छोराको नाममा रहेको भन्दै मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्