• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पद्मरत्नलाई गणेशमानले आफूसरहको नेता ठान्थे

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०२:१५
1140x725

पद्मरत्न तुलाधरसँग मेरो पारिवारिक र घनिष्ट सम्बन्ध थियो। यो सम्बन्ध ०४३ सालको चुनावपछि सुरु भएको हो। चुनावताका उहाँले बसन्तपुरमा एउटा भाषण दिनुभएको थियो, त्यो देशभरि भाइरल भएको थियो। त्यही भाषणको क्यासेट सुनेर म उहाँको व्यक्तित्वप्रति आकर्षित भएको थिएँ। मैले उहाँको फोन नम्बर खोजेर काभ्रेबाट फोन गरें। फोनमै लामो कुरा भयो। त्यसपछि हामी भेट्यौं। त्यसपछि नै हामी घनिष्ट हुँदै गएका हौं।

_x000D_ _x000D_

उहाँको भाषणको सार नेपालमा बहुदल चाहियो भन्ने थियो। पञ्चायती व्यवस्था मिल्काउनुपर्‍यो, बहुदल ल्याउनुपर्‍यो भन्नुभएको थियो। जनतामा बोल्ने, लेख्ने अधिकार हुनुपर्‍यो, पार्टी र संगठन खोल्ने स्वतन्त्रता हुनुपर्‍यो। एकतन्त्रीय पञ्चायती व्यवस्था नेपाल राष्ट्र र जनताको हितमा छैन। उहाँले यस्तै कुरा गर्नुभएको थियो।

_x000D_ _x000D_

त्यसले त्यतिबेला उथलपुथल ल्याएको थियो। मानिसहरुले आफैंआफैं भाषणलाई क्यासेटमा कपी गर्दै र बाँड्दै देशभर फैलाएका थिए। मलाई लाग्छ, त्यो भाषण लाखौं कपी वितरण भयो।

_x000D_ _x000D_

भेट भयो। भेटमा मैले राष्ट्रिय पञ्चायतमा निर्वाचित त हुनुभयो, अब के गर्ने योजना छ भनेर सोधेको थिएँ। आफ्ना केही योजनाबारे उहाँले मलाई बताउनुभयो। म व्यक्ति होइन, राष्ट्रिय पञ्चायतमा गएर बहुदलको आन्दोलन छेड्ने हो। जनताको आवाज उठाउने हो। जनताको अधिकारको लागि त्यहाँ गएर बोल्ने हो। यस्तै कुरा गर्नुभयो उहाँले।

_x000D_ _x000D_

पहिलो भेटमा नै उहाँले वर्षौं पुरानो साथीजस्तो व्यवहार गर्नुभयो। ठूलो मानिस हुनुनपर्ने, सरल र अहंकाररहित नेता हुनुहुन्थ्यो। सबैभन्दा बढी भोट पाएको 'मस्ट पपुलर' नेता हुनुहुन्थ्यो। उहाँको सबैभन्दा बढी भोट आए पनि हेमबहादुर मल्लले निर्वाचन आयोगलाई भनेर आफ्नो भोट बढी बनाए। त्यसैले पनि तुलाधर दोस्रो बढी भोट पाउने नेता बनाइए। त्यतिबेलै ८३ हजार भोट ल्याउनु भनेको 'रेकर्ड ब्रेकिङ' थियो।

_x000D_ _x000D_

उहाँ राष्ट्रिय पञ्चायतमा गए पनि भेटघाट भइरहन्थ्यो। तर मैले त्यही पहिलो भेट नै बढीजसो सम्झिन्छु। उहाँको सरल व्यक्तित्व देखेर म छक्कै परेको थिएँ।

_x000D_ _x000D_

उहाँ निकै भावुक मान्छे हुनुहुन्थ्यो। सानासाना कुराले पनि निकै प्रभावित हुनुहुन्थ्यो। सानै कुराले पनि दुखी बन्नुहुन्थ्यो। साह्रै नै कोमल हृदयको मानिस हुनुहुन्थ्यो। रुञ्चे नेता भनिए पनि नचाहिने कुरामा पनि रोइहाल्ने स्वभावचाहिँ थिएन। जनताको समस्या आयो, सम्बन्धित ठाउँमा गएर राख्यो, तर सुनुवाइ भएन भने यत्रो परिवर्तन हुँदा पनि मानिसमा परिवर्तन भएन भनेर आँसु आइहाल्थ्यो। सबै कुरामा रुनुहुन्नथियो, खासखास कुरामा मात्रै रुनुहुन्थ्यो।

_x000D_ _x000D_

म दोस्रो संविधानसभामा जाने कि नजाने भन्ने कुरामा उहाँसँग पनि सल्लाह लिएको थिएँ। 'म जाउँ कि नजाउँ, मलाई यस्तो खालको प्रस्ताव आएको छ, केही गर्न सकिएला जस्तो छैन' भन्ने कुरा उहाँसँग गरेको थिएँ। तर उहाँले 'जानुस्, जानुपर्छ' भन्नुभयो।  उहाँले जिद्दी नै गरेपछि मैले नागरिक आन्दोलनका साथीहरुको एउटा मिटिङ नै राखें। त्यो मिटिङमा उहाँ पनि आउनुभएको थियो। 'तपाईं व्यक्ति जाने होइन। नागरिक जाने कुरा हो। नागरिक आन्दोलनको आवाज पठाउने त्यहाँ कोही छैन। त्यहाँ गएर नबिके भइहाल्यो नि। नजानु झनै गलत हुन्छ', उहाँले यस्तै भन्नुभएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मानव अधिकारवादी नेताहरुमा पहिलो पुस्ताका तीनजना नेताहरुमध्ये तुलाधर एकजना हो। अरु दुईमा मधुराप्रसाद श्रेष्ठ र ऋषिकेश शाह हुनुहुन्थ्यो। उहाँहरुलाई मानवअधिकारको श्रष्टा भने पनि हुन्छ।

_x000D_ _x000D_

०४६ सालको आन्दोलनमा वामपन्थी र कांग्रेसलाई जोड्न उहाँले निर्णायक भूमिका खेल्नुभएको थियो। वामपन्थीलाई एक ठाउँमा ल्याउन पनि उहाँको भूमिका उल्लेखनीय थियो। गणेशमानको उहाँप्रति निकै पत्यार थियो। कुनै बेलामा गणेशमान त आफूसरहको नेता कोही छ भने पद्मरत्न तुलाधर नै हो भन्नुहुन्थ्यो।

_x000D_ _x000D_

वाममोर्चाका पार्टीहरुसँग पद्मरत्नको असाध्यै राम्रो सम्बन्ध थियो। म त्यतिबेला नेकपा (चौथो महाधिवेशन)सँग आवद्ध थिएँ। निर्मल लामा पछिको दोस्रो नेता थिएँ। उहाँले सबैलाई एकै ठाउँमा राख्न भूमिका खेल्नुभएको म अहिले पनि सम्झिन्छु।

_x000D_ _x000D_

एमालेको सूर्य चिह्न उहाँको थियो, खासमा। ०४३ सालमा उहाँले व्यक्तिगत रुपमा सूर्य चिह्नमा चुनाव लड्नुभएको थियो। त्यो निकै लोकप्रिय भयो। सूर्य चिह्नमा कतिपय मान्छेले आँखा चिम्लेर भोट हाल्ने अवस्था थियो। त्यही लोभले एमालेले त्यही चिह्न लियो। बहुदलमा पनि उहाँले चुनाव जित्नुभयो। श्रम तथा स्वास्थ्यमन्त्री पनि हुनुभयो।

Xtrem

Xtrem
_x000D_ _x000D_

मन्त्री भएर पनि चोखै निस्कने नेतामा पर्नुहुन्थ्यो, तुलाधर। उहाँले मजदुरहरुको अधिकार, ट्रेड युनियनको अधिकारको लागि काम गर्नुभयो। स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गर्नुभयो।
_x000D_ उहाँले गाइ खान पाउनुपर्छ भने भनेर हल्ला भयो। तर, भाषणमा त्यस्तो भन्नुभएको थिएन। भाषण नै मैले सुनेको छु। गौरमा एउटा कार्यक्रम थियो, मानवअधिकार संगठनको। ऋषिकेश शाह पनि सँगै हुनुहुन्थ्यो। मैले शाहलाई पनि सोधेको थिएँ। उहाँले भाषण नै सुनाउनुभयो।

_x000D_ _x000D_

उहाँको भाषणको सार थियो– जसरी हिन्दूहरुलाई गाई प्यारो छ, उनीहरुले गाइको मासु खाँदैनन्। यहाँ अरु धर्मालम्बीहरु पनि छन्, जो गाईको मासु खान्छन्। नेपाल बहुधार्मिक देश हो त्यसैले सबैलाई आफ्नो धर्म अनुसार गतिविधि गर्ने छुट छ। जसरी हिन्दू धर्मालम्बीलाई छ।

_x000D_ _x000D_

उहाँले त धार्मिक स्वतन्त्रताको कुरा उठाउनुभएको थियो। उहाँले गाई खान पाउनुपर्छ भनेर बोल्नुभएको थिएन। तर गाइ खान पाउनुहपर्छ भनेर बोल्यो भनेर प्रचार गरियो। योगी नरहरिनाथले टाउको काट्नुपर्छ भन्नुभयो। कसैले छाला काढ्नुपर्छ समेत भने।

_x000D_ _x000D_

उहाँमाथि संगठित प्रहार भने 'पोलटिकल इन्ट्रेस्ट'ले भएको थियो। उहाँलाई नहराई काठमाडौंमा अरुले जित्ने स्थिति थिएन। उहाँलाई खुइल्याएपछि चुनाव जितिन्छ भन्ने कुराले त्यतिखेर रोल खेलेको थियो। तर त्यो हाबी हुन पाएन। किनकि, उहाँले बोलेको कुरा देशान्तरले छापिदियो। जे बोलेको हो, त्यही छापिदियो। ऋषिकेश शाहहरुले पनि वक्तव्य दिनुभयो। तुलाधरले धार्मिक स्वतन्त्रताको कुरा गरेको उहाँले बताउनुभयो। हामीले पनि बोल्यौं।

_x000D_ _x000D_

माओवादी विद्रोहलाई मूलधारमा ल्याउने शान्ति प्रक्रियाको एक अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो उहाँ। पहिलो र दोस्रो शान्ति वार्तामा उहाँ र दमननाथ ढुंगानाको भूमिका प्रमुख थियो। माओवादी र सरकारलाई जोड्नेमा उहाँको 'प्राइमरी' भूमिका थियो। खासमा उहाँको पहल नभएको भए शान्ति प्रक्रिया त्यसरी जाने नै थिएन।

_x000D_ _x000D_

वार्ता कहिले जोडिन्थ्यो, कहिले चल्थ्यो। तर उहाँले कहिल्यै निराशा वा दिक्दारी व्यक्त गर्नुभएन। पहिलो शान्ति वार्ताको दोस्रो चरणपछि वार्ता टुंगियो। त्यतिबेला उहाँले मलाई भन्नुभयो– वार्ता टुट्न लाग्यो। जोडेर नजोडिएला जस्तो छ। एक पटक तपाईंले पहल गरिदिने हो कि!

_x000D_ _x000D_

'तपाईंले गरेको नहुने, मैले गरेर कसरी होला', मैले उहाँलाई भनेको थिएँ।

_x000D_ _x000D_

'हुनसक्छ, पहल गरौं' भनेर उहाँले जोड गर्नुभयो। चिरञ्जीवी वाग्ले, जो वार्ता टोलीका अगुवा हुनुहुन्थ्यो, उहाँले पनि वार्ता टुट्नै लाग्यो भने अनुरोध गर्नुभयो। मैले प्रधानमन्त्रीको अनुरोध हुन्छ भने गर्छु भनें। प्रधानमन्त्रीको अनुरोध भयो। मैले तेस्रो चरणको वार्ता गराएँ। त्यसपछि कांग्रेसले संविधानमा कमा र फुलस्टप पनि परिवर्तन गर्ने काम हुँदैन भनेपछि वार्ता अघि बढ्ने कुरै भएन।

_x000D_ _x000D_

वार्ता त टुट्यो तर उहाँ टुट्नभएन। थाक्नुभएन। फेरि पनि निरन्तर लागिरहनुभयो। अब गर्दिनँ, हार खाएँ जस्तो कुरा कहिल्यै गर्नुभएन।

_x000D_ _x000D_

अहिलेका नेताहरुले तुलाधरका केही गुणहरु सिक्नुपर्छ। पहिलो, स्वच्छ छबि नै हो। मन्त्री हुँदा पनि स्वच्छ छबि जोगाउनुभयो। भ्रष्टाचार गर्दै नगर्ने।

_x000D_ _x000D_

दोस्रो, सरल जीवन। उहाँमा अहंकारको नामोनिशाना थिएन। सधैं उपलब्ध हुनसक्नुहुन्थ्यो। अहिलेका हाम्रा नेता मन्त्री हुनेबित्तिकै भेट्न मुस्किल पर्छ। तर तुलाधर मन्त्री हुँदा पनि सजिलो, नहुँदा पनि सजिलो हुनुहुन्थ्यो। सधैं जनताको पहुँचमा बस्नुहुन्थ्यो।

_x000D_ _x000D_

त्यस्तै, उहाँले व्यक्तिगत फाइदाको लागि केही पनि गर्नुभएन। घरमा आर्थिक हाहाकार थियो, बच्चा हुर्किसकेका थिए, भाउजुलाई गाह्रो थियो। तर कसैसँग पैसा माग्नुभएन। स्वभिमानी स्वभाव थियो। अहिलेका नेतामा पैसा भनेपछि तीन नेत्र बल्छ। उहाँले दुःख पाउनुभयो तर कहिल्यै पनि पैसा र पदको लालच गर्नुभयो। बारम्बार हार्नुभयो, तर हार खाएर बस्नुभएन। यस्ता कुरा हरेकले उहाँबाट सिक्नसक्छन्।

_x000D_ _x000D_

(विश्लेषक श्रेष्ठसँग किशोर दहालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्