ललितपुर- आरआर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फस्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप रु ५० हजार हात पारेको छ। डेनमार्कस्थित गैरसरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य ८ फिल्मलाई उछिन्दै फस्ट ब्लड प्रथम भएको हो।
_x000D_
_x000D_
सम्मानजनक महिनावारीका विषयलाई उठान गर्न प्रतियोगिताको आयोजना गरिएको थियो।
_x000D_
_x000D_
डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए।
_x000D_
_x000D_
रेवती गुरुङ निर्देशित ‘राजवती’ले दोस्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैनबत्तीको (रिइम्याजिन्ड) ले तेस्रो पुरस्कार हात पार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो।
_x000D_
_x000D_
विजेताहरुले प्रमाणपत्रको साथमा क्रमश: रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरे।
_x000D_
_x000D_
आवेदन परेका फिल्ममध्ये ९ वटा प्रतियोगिताका लागि छानिएका थियो। विभिन्न अन्तराष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिला अधिकारवादी राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुणराज श्रेष्ठ सम्मिलित ‘जुरी’को समूहले चलचित्र छनोट गरेको हो।
_x000D_
_x000D_
डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।