एजेन्सी– पाकिस्तानी अभिनेता हमिद शेखको चर्चा यतिबेला सञ्चारमाध्यममा निकै चुलिएको छ। उनको चर्चा त्यत्तिकै चुलिएको भने होइन।
_x000D_
_x000D_
हिन्दु र मुस्लिमबीचको द्वन्द्वलाई समेटेर निर्माण गरिएको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाडौं’ मा हमिदले नेपाली पण्डितको भूमिका निर्वाह गरेका छन्। छायांकन समाप्त भइसकेको यो फिल्म आउँदो महिनाबाट प्रदर्शन हुनेछ।
_x000D_
_x000D_
पण्डितको भूमिकामा हमिदका साथै मुसलमानको भूमिकामा बलिउड अभिनेता गुलशन ग्रोबर मुख्य भूमिकामा देखिंदैछन्।
_x000D_
_x000D_
पाकिस्तानी अभिनेता हमिदको चर्चा यतिबेला सञ्चारमाध्यममा निकै चुलिएको छ। हमिद पाकिस्तानको बलुचिस्तानका बासिन्दा हुन्। जुन पाकिस्तानको एक भौगोलिक रुपमा ठूलो प्राप्त समेत हो।
_x000D_
_x000D_
हमिदको जीवनयात्रा पाकिस्तानी टेलिभिजन पिटिभीबाट सुरु भएको हो। टिभीका साथ फिल्म ‘मोर’, ‘खुदा के लिए’मा पनि उनले मुख्य कलाकारको रुपमा काम गरिसेकका छन्।
_x000D_
_x000D_
उनै कलाकार हमिद शेख अब पण्डितको भूमिकामा देखिंदैछन्। यस सम्बन्धमा हमिद भन्छन्, ‘एउटा कलाकारले जस्तोसुकै अभिनय पनि गर्न सक्नुपर्छ, जुन यसअघि उसले नगरेको होस्।’
_x000D_
_x000D_

_x000D_
_x000D_
आफ्नो फिल्मी यात्रा उति कठिन नभएको हमिद सुनाउँछन्। उनले भनेका छन्, ‘फिल्म ‘मोर’ बाट पण्डितको भूमिकासम्म आइपुग्न त्यति धेरै मिहिनेत गर्नु परेन। तर एक अभिनेताका रुपमा भने मसँग केही किस्साहरु छन्।’ उनी भन्छन्, ‘मलाई बलिउडले धेरै नै प्रभाव पारेको छ। जुनकुरा हामीले अनुभव पनि गर्दै आएका छौं।’
_x000D_
_x000D_
हमिदका अनुसार उनको लालपालन अन्तर–धार्मिक वातारणमा भयो। जसले गर्दा यस प्रकारको भूमिका निर्वाह गर्न अहज भएको हो। ‘पाकिस्तानको क्वेटास्थित मेरो घरको एकतर्फ हिन्दूहरुको मन्दिर छ, अर्कोतर्फ पारसी कोलोनी र धार्मिक स्थल छ। त्यसैगरी घरको पछाडिपट्टि अहमदियाको एकमात्र धार्मिक स्थल पनि छ। यी सबैकुरा मेरा लागि बाल्य अवस्थाबाट नै परिचित थिए। यी सबै कुराले अभिनयमा सहज बनायो,’ उनी भन्छन्।
_x000D_
_x000D_
‘द म्यान फ्रम काठमाडौं’का कथा एक मुसलमान युवामा केन्द्रित छ। जो युवा अमेरिकाबाट नेपाल फर्किएर आफ्नो पिताको विरासत खोज्न चाहन्छन्। यस अवस्थामा उनी एक मुसलमान नेताको हातमा पुग्छन्। जो नेताका रुपमा अभिनेता गुलशन ग्रोवरको पदार्पण हुन्छ। फिल्ममा ती नेताले युवालाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् तर सफल हुन सक्दैनन्।
_x000D_
_x000D_
हमिद सुनाउँछन्,‘उक्त समय मुस्लिम नेतासँग मेरो आपसी मुडभेड चलिरहेको हुन्छ। जहाँ म एक हिन्दु नेता हुँ, पण्डित हु र धर्मकै कारण त्यहाँ मेरो प्रभाव चल्छ।’
_x000D_
_x000D_
फिल्मलाई नेपाली निर्देशक पेमा ग्याकिल (ढोन्डुप) हुन्, जो परिवारसहित तिब्बतबाट नेपाल भित्रिएका थिए। उनको अध्ययन भने अमेरिकाबाट पूरा भएको थियो। यही कारण पेमाले आफ्नो फिल्म कम्पनीलाई हलिउडमै दर्ता गराएका छन्।
_x000D_
_x000D_
अभिनेता गुलशनका अनुसार फिल्मलाई पेमा आफैंले लेखेका हुन्। जो गुलशनका एक साथी पनि हुन्। गुलशनले भनेका छन्, ‘म आफ्नो कामलाई निकै महत्व दिने गर्छु। यसका साथै म आफ्ना साथी र साथित्व पनि उत्तिकै महत्वका साथ निभाउँछु। पेमा मेरो साथी पनि हो।’
_x000D_
_x000D_

_x000D_
_x000D_
गुलशन ग्राेबर
_x000D_
_x000D_
गुलशनले फिल्मका लागि महत्वपूर्ण समय दिएको सम्झँदै भनेका छन्, ‘यो फिल्म सुटिङका लागि त्यति समय पनि मिलिरहेको थिएन। साथमा दाह्री पनि पाल्नुपर्ने थियो। तर विस्तारै सबै ठिकठाक भयो।’
_x000D_
_x000D_
‘द म्यान फ्रम काठमाडौंं’ नेपालसहित अमेरिका र भारतमा प्रदर्शनमा आउनेछ। उक्त फिल्मलाई पाकिस्तानी कलाकार हमिद भने पाकिस्तानमा पनि प्रर्दशन गर्न चाहान्छन्। तर पाकिस्तानमा व्यावसायिक फिल्म मात्र चल्ने कारण यो प्रायः असम्भव देख्छन् उनी। यसमा दुखेसो मान्दै हमिद भन्छन्, ‘मैले पहिला पनि अमेरिकन फिल्मसँग काम गरिसकेको छु। उनीहरु निकै प्रोफेसनल हुन्छन् तर हामी पाकिस्तानी भने नयाँनयाँ नै छाैं। त्यसैले यहाँका कसैले पनि अहिलेसम्म कुनै दिशा तय गर्न सकेका छैनन्।
_x000D_
_x000D_
उनले आफ्नो फिल्म बजार बक्स अफिसमा मात्र केन्द्रित भएको आरोप लगाउँदै भनेका छन्, ‘हामी अरुको संस्कृति हेर्छौं, हाम्रो पनि आफ्नै विचार हुनु पर्ने हो। तर त्यो हामीसँग अभाव छ।’ हमिद ऐतिहासिक कथामा व्यावसायिक फिल्म बनाउने सोचमा छन्। जसका लागि उनले अध्ययन पनि गरिरहेका छन्।
_x000D_
_x000D_
हमिदले भनेका छन्, ‘म केही घुमन्ते शिकारीमाथि काम गर्न चाहन्छु। जुन कथा सन् १९३० आसपासको समयको हो। जतिबेला ब्रिटिस शासन चलिरहेको थियो। बिबिसी हिन्दी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।