काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय एकताबाट मात्रै विकास र समृद्धि सम्भव भएको बताएका छन्।
_x000D_
_x000D_
नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा प्रचण्डले बिपीले भनेको राष्ट्रिय मेलमिलाप त्यस बेलामा जति सान्दर्भिक थियो, अहिले पनि उति नै सान्दर्भिक रहेको बताए।
_x000D_
_x000D_
'देशमा ठूला परिवर्तनहरू एकताबाट मात्रै सम्भव भयो', प्रचण्डले भने, 'अब पनि एकताबाटै सम्भव हुन्छ।'
_x000D_
_x000D_
उनले शान्ति प्रक्रिया, संविधान निर्माण लगायका महत्त्वपूर्ण उपलब्धिहरू दलहरूको एकताबाट सम्भव भएको स्मरण गर्दै अब पनि दलहरू र आम बुद्धिजीवीको एकताबाट मुलुकले खोजेको विकास र समृद्धि हासिल गर्न सकिने बताए।
_x000D_
_x000D_
नेकपाका अर्का नेता झलनाथ खनालले आफूले लामो समयदेखि प्रतिपक्ष देख्न नपाएको र कांग्रेसको चियापानले प्रतिपक्ष देख्ने अवसर जुराइदिएको बताए । उनले भने, 'प्रतिपक्ष देख्न पाएको थिइनँ, यहाँ अएर देख्न पाएँ।'
_x000D_
_x000D_
यस्तै नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस्ता कार्यक्रमले अनेकतामा एकतालाई मद्दत पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।