काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको महासमिति वैठक आगामी मंसिरकाको अन्तिम साताका लागि सर्ने भएको छ ।
_x000D_
_x000D_
मंसिर ५ देखि ९ गतेसम्म बस्ने भनिएको महासमिति बैठक महिनाको अन्तिममा हुने एक नेताले नेपाल लाइभलाई जानकारी दिए। ती नेताका अनुसार तोकिएको मितिमा महासमिति वैठक तयारी नपुगेपछि सार्ने तयारी भएको हो।
_x000D_
_x000D_
'मंसिरको अन्तिम साता गर्ने भएपनि अझै गते भने तय भएको छैन' ती नेताले बताए।
_x000D_
_x000D_
संघियतासहितको संविधान जारी भएपछि निर्वाचनमा पराजय भोगेपछि काँग्रेसभित्र महासमिति वैठक माग हुदै आएको थियो। सभापति शेरबहादुर देउवा लामो विवाद पछि महासमिति वैठक गर्न राजि भएका थिए। तर यस अवधीमा तयारी नपुगेको भन्दै केही समयका लागि बैठक पछाडि सार्ने पक्कापक्की भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।