काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले आफ्नो ट्विटर अकाउन्टमार्फत ट्विट गर्दै यस्तो लेखेकी हुन्।
_x000D_
_x000D_
‘पर्खाइमा रहेको नेपाली फिल्म पासवर्डको एक गीतमा अभिनयको मौका पाएकोमा म अन्यन्तै खुसी छु,' उनले लेखेकी छन्, 'जुन एबी इन्टरनेसनल र अड्बल पिक्सचर्सद्वारा उत्पादित छ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र एक र्यापरको आवाजमा उक्त गीत तयार हुनेछ। जुन गीतमा सन्नी लियोनीसहित नेपाली कलाकारहरुले नृत्य गर्नेछन्।
_x000D_
_x000D_
करिब ९८ प्रतिशत छायांकन लण्डनमा गरिने भनिएको फिल्म ‘पासवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा पर्दामा देखिनेछिन्। फिल्ममा अनुपविक्रम शाही, रवीन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्की जोशी लगायतको अभिनय रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।