काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’को ‘खुद्रा खुद्री’ बोलको गीत सार्वजनिक भएको छ। फिल्मको गीतलाई बिहिबार फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो।
_x000D_
_x000D_
देशका विभिन्न ५ सहरमा एकसाथ सार्वजनिक गरिएको गीतलाई काठमाडौंको काठमाडौं महलमा सार्वजनिक गरिएको थियो। जहाँ फिल्मका कलाकार स्वस्तिमा खड्का, मुकुन भुषाल लगायतले सार्वजनिक रुपमा नृत्य गरेर देखाएका थिए।
_x000D_
_x000D_
कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, मुकुन भुषाल लगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
विनोद पौडेलको निर्देशन तथा अविरल थापाको निर्माण रहेको फिल्म फागुन ३ बाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
भिडियाे
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।