खाँदबारी- प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन्।
_x000D_
_x000D_
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दसैं र तिहारजस्ता चाडपर्वले केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि सुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताए।
_x000D_
_x000D_
'प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ,' मन्त्री घिमिरेले भने, 'नाम र राजधानीका विषयमा बहस भइरहेको छ।'
_x000D_
_x000D_
सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथांका-जोगबनी सडक जोडिएपछि प्रदेश १ लाई यसले थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।