विराटनगर- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताएका छन्।
_x000D_
_x000D_
नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप समेत लगाएका छन्।
_x000D_
_x000D_
पूर्वमन्त्री संजय गौतमले काङ्ग्रेसभित्र रहेको आन्तरिक गुटबन्दीका कारण गत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै नेतालाई सच्चिन आग्रह गरेका थिए।
_x000D_
_x000D_
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेका मोरङ सभापति डिगबहादुर लिम्बू, प्रदेशसभा सदस्यद्वय केदार कार्की र चुमनारायण तवदारलगायतले काङ्ग्रेसमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।