• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री र मन्त्रीलाई पारिश्रमिकभन्दा बढी अतिरिक्त सुविधा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ००:१४
1140x725

सुर्खेत- प्रदेशसभाबाट विधेयक पारित भएमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मासिक रुपमा ६० हजार नौ सय ७० रुपैयाँ पारिश्रमिक पाउनेछन्। तर पारिश्रमिकभन्दा बढी खर्च उनलाई अतिरिक्त सुविधामा उपलब्ध हुने भएको छ।

_x000D_ _x000D_

विधेयकअनुसार मुख्यमन्त्रीले मासिक पारिश्रमिक बाहेक थुप्रै अतिरिक्त सुविधा पाउनेछन्। फर्निचरका लागि मात्रै वार्षिक रूपमा मुख्यमन्त्रीलाई एक लाख २५ हजार उपलब्ध गराउन विधेयकमा प्रस्ताव गरिएको छ। सञ्चारका लागि मासिक सात हजार, अतिथि सत्कारका लागि मासिक १५ हजार र पोशाक भत्ता स्वरुप थप १५ हजार रुपैयाँ अतिरिक्त सुविधा मुख्यमन्त्रीले पाउनेछन्।

_x000D_ _x000D_

यसबाहेक पनि आवास सुविधा, यातायात सुविधा, इन्धन, बत्ति र पानी सहितका थुप्रै सुविधा उपलब्ध गराइने प्रस्ताव विधेयकमा छ। स्वकीय सचिव र विषयगत सल्लाहकारलाई उपलब्ध गराइने सुविधा जोड्ने हो भने मासिक करीव दुई लाख रुपैयाँ मुख्यमन्त्रीका लागि मात्रै खर्च हुने देखिन्छ। 

_x000D_ _x000D_

बुधवार संसदमा पेस गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक(२०७५ मा यस्तो प्रस्ताव गरिएको छ। मुख्यमन्त्री र मन्त्रीलाई उल्लेख्य मात्रामा अतिरिक्त सुविधा दिने प्रस्ताव उक्त विधेयकमा गरिएको छ। प्रस्तावअनुसार मुख्यमन्त्रीका लागि मासिक करिब दुई लाख र मन्त्रीका मासिक डेढ लाख रुपैयाँ खर्च हुने देखिन्छ।

_x000D_ _x000D_

कर्णालीका मन्त्रीले मासिक रुपमा ५२ हजार पारिश्रमिक पाउँदा यसबाहेक आवास सुविधा वापत प्रतिमहिना २५ हजार, सञ्चारका लागि पाँच हजार, अतिथि सत्कारका लागि दस हजार र पोशाकका लागि दस हजार रुपैयाँ पाउनेछन्। यसैगरी बिजुली र पानी, इन्धन, फर्निचरलगायतका सुविधा पनि मन्त्रीलाई उपलब्ध गराइनेछ। मुख्यमन्त्री बाहेक अन्य मन्त्रीका लागि मात्रै वार्षिक एक करोडभन्दा बढी रकम सेवा सुविधामा खर्च हुनेछ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

विधेयक पारित मुख्यमन्त्री र मन्त्रीको मात्र होइन प्रदेशसभाका पदाधिकारी र सदस्यको सेवासुविधामा पनि करोडौं रुपैयाँ थप खर्च हुने भएको छ। सभामुखलाई मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने प्रस्ताव गरिएको विधेयकमा सरकारले आवास सुविधा उपलब्ध गराउनेछ। त्यसबाहेक एक हजारको दरले बैठक भत्ता पनि सभामुखले पाउनेछन्।

_x000D_ _x000D_

निजी सचिवालय बन्दोबस्तीका लागि मासिक दुई हजार, सञ्चार सुविधाका लागि दुई हजार, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय तथा वैदेशिक भ्रमणमा जाँदा दैनिक दुई सय ५० अमेरिकी डलर भ्रमण भत्ता उपलब्ध गराउने प्रस्ताव विधेयकमा छ। यसका साथै प्रतिमहिना एक सय ५० लिटर सवारी इन्धन उपलब्ध गराइनेछ। हालको बजार मूल्य अनुसार सवारी इन्धनमा मासिक १७ हजारभन्दा बढी खर्च हुनेछ। 

_x000D_ _x000D_

सांसदहरुलाई मासिक रुपमा ४५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। यसका अतिरिक्त बैठकभत्ता दैनिक सात सय ५०, सञ्चार सुविधा मासिक एक हजार पाँच सय, आवासका लागि प्रति महिना १५ हजार, फर्निचरका लागि एकमुष्ठ १५ हजार, बत्ति र पानीका लागि प्रति महिना एक हजार पाँच सय, दैनिक भ्रमणभत्ता दुई हजार र विदेश भ्रमणमा जाँदा दैनिक दुई सय ५० अमेरिकी डलर भत्ता उपलब्ध हुनेछ।

_x000D_ _x000D_

उपसभामुख, विपक्षी दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलको नेता लगायतलाई पनि मासिक पारिश्रमिक, सञ्चार खर्च, आवास सुविधा, फर्निचर, निजी सचिवालय, इन्धन, भ्रमण भत्ता, यात्रा बिमा लगायत अतिरिक्त सुविधासहितको पारिश्रमिक प्रस्ताव गरिएको छ। विधेयकमा राज्यमन्त्री र सहायक मन्त्रीका लागि पनि सुविधा निर्धारण गरिए पनि कर्णालीमा भने राज्यमन्त्री र सहायक मन्त्री नियुक्ति गरिएको छैन। 

_x000D_ _x000D_

सुविधा अझै बढाउन जोड
_x000D_ बुधवारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य सीता नेपालीले सांसदले बिल अनुसार टेलिफोन र बिजुलीको पैसा पाउनुपर्ने माग गरिन्। उनले सञ्चार सुविधा पनि वृद्धि गरेर सभामुख सरह बनाउनु पर्ने बताइन्। त्यति मात्र होइन, सांसद नेपालीले फर्निचर सुविधा पनि वृद्धि गर्नुपर्नेमा जोड दिईन्। 

_x000D_ _x000D_

प्रदेशसभाका पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस भएपछि सांसदहरु आफ्नो सुविधा वृद्धिका लागि जोडबल गरिरहेका छन्। विशेष गरी नायव सुब्बा स्तरको स्वकीय सचिवको सुविधा सांसदहरुले माग गरिरहेका छन्। सरकारले नै सांसदलाई निजी सचिवको सुविधा दिएमा राज्यकोषमा थप व्ययभार पर्नेछ। 

_x000D_ _x000D_

अतिथि सत्कार सुविधा पनि पाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। छलफलमा सहभागी प्रदेश सभा सदस्यले मन्त्रीका लागि अनिवार्य आवासको व्यवस्था सरकारले गर्ने भएकाले घरमर्मत खर्च कटौती गर्नुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला
सम्बन्धित सामग्री
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानारी दिएको छ । बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्