काठमाडौं- प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले आफूलाई मुख्यमन्त्री डोरमणि पौडेलले हटाउनेबारेको समाचार अनलाइनलाई उपलब्ध गराउनेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। उनले भने, ‘जसले त्यो प्रसारण गर्यो नि, त्यो सिद्धियो।’ नेपाल लाइभसँग कुरा गर्दै उनले अभद्र व्यवहार गर्यो भनेर आफूमाथि आरोप लगाउने व्यक्ति नै ‘बदमास’ भएको बताए।
_x000D_
_x000D_
बुधबारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेका स्थापितले मुख्यमन्त्रीसँग आफ्नो सम्बन्ध मन्त्रिपरिषद् गठन भएदेखि नै सुमधुर नरहेको बताए। उनले भने, ‘म मुख्यमन्त्रीको दाबेदार थिएँ। विवाद त भैहाल्छ नि। मतभेद त मुख्यमन्त्री हुनुभन्दा अघिदेखिकै हो नि।’
_x000D_
_x000D_
बुधबारको बैठकमा भएको विषयमा आफूलाई कुनै मतलब नभएको समेत स्थापितले बताए। मुख्यमन्त्रीले अहिलेको अहिले नै कामको परिणाम खोजेकाले विवाद भएको उनले उल्लेख गरे। ‘एउटा ठेक्का लाउन हामीकहाँ चार-पाँच महिना लाग्छ। लामो प्रक्रिया छ। पुल भन्दैमा काठको पुल ठड्याउने त होइन नि,’ उनले प्रश्न गरे, 'भोलि नै काम देखा भनेर कहाँ हुन्छ?'
_x000D_
_x000D_
मुख्यमन्त्रीले छिटो काम गर्न दिएको आदेशलाई आफूले छिटो सक्दिनँ भन्ने जवाफ दिएको उनले बताए। मुख्यमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै उनले थपे, ‘मुख्यमन्त्रीले कागजको मुठो देखाएर हुन्छ भन्ने? केही दिनपछि देख्लास् भन्ने?’
_x000D_
_x000D_
पूर्वाधार मन्त्रालयलाई दिएको ११ अर्ब अपुग हुने मुख्यमन्त्रीलाई हिजोको बैठकमा जानकारी गराएको उनको प्रतिक्रिया थियो।
_x000D_
_x000D_
मुख्यमन्त्रीलाई कुनै गाली नगरेको उनले दाबी गरे। 'उहाँसँग बोलेको भन्दा शालिन भाषा कस्तो हुन्छ मलाई थाहा छैन,' उनले भने। स्थापितले आफ्नो स्वर नै ठूलो रहेको भन्दै मुख्यमन्त्रीले प्रगति शून्य भयो भनेकाले आफूले शतप्रतिशत प्रगति भनी प्रतिवाद गरेको जिकिर गरे।
_x000D_
_x000D_
मुख्यमन्त्रीले तपाईंलाई हटाउन खोजेका हुन्? भन्ने प्रश्नमा उनले भने, ‘मलाई थाहा छैन। म जानकारी राख्दिनँ।’
_x000D_
_x000D_
प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेर बसेको भन्दै उनले ‘यस्ता वाहियात कुरा सुन्नै नचाहने' बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।