राबाङला (सिक्किम)- समुद्री सतहभन्दा २ हजार १ सय मिटर उचाइमा रहेको 'छो जो' तालमा रातको ठिक ८ बजे स्पीकरहरु चर्को आवाजका साथ घन्किए। चिसो परिवेश अचानक तातियो। मैदानमा अटाइ-नअटाई हजारौंको भीड छँदै थियो। ताललाई घेर्ने वरपरका ढिस्काहरुबाट पनि थप सयौं आँखा र कानहरु मञ्चतिर सोझिए।
_x000D_
_x000D_
नेपाली लोक रक ब्यान्ड नेपथ्यका निम्ति यो अरु बेला भन्दा बेग्लै 'भेन्यू' थियो। कलाकारहरु मञ्चमा आउने बित्तिकै बज्न सुरु भयो–
_x000D_
_x000D_
‘कुरुप अनुहार हो
_x000D_
यहाँ कोही साथी छैन
_x000D_
_x000D_
सिक्किममा हरेकजसो शब्दको पछाडि ‘ला’ जोडेर सम्मान प्रकट गर्ने परम्परा छ। त्यसैले चल्तीको नाम राबाङ भएता पनि यस बस्तीलाई सबैले राबांङला भनेर पुकार्छन्। हिमाली भेगको यो उच्च भूभागमा बौद्ध परम्पराको स्वाद दिने गरी अनेक पर्यटकीय आकर्षणहरु विकास गरिएका छन्। त्यसैलाई प्रवर्द्धन गर्न आयोजना गरिएको हो ‘राबांग छो जो फेस्ट’।
_x000D_
_x000D_
लामो समयदेखि बर्सेनि आयोजना हुँदै आएको यही उत्सवमा यसपटक नेपाली लोक रक ब्यान्ड नेपथ्यलाई निम्त्याइएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यक्रम ‘भेँडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ हुँदै ‘आँगनैभरि हिउँ नै झरे’ तिर लम्कँदै थियो। दर्शकको हुलमा देखा परिन् ७० वर्षीया रमा लामा। राबाङभन्दा सात किलोमिटर पर पर्ने रायाङलाबाट उनी बुहारीसँग आएकी थिइन्। मञ्चमा गाइरहेका को हुन् र कहाँबाट आएका हुन् भन्ने केही थाहा नभए पनि यी कलाकारले आफूहरुकै भाका निकालेर गाइरहेको देख्दा रमाइलो लागेको उनले सुनाइन्।
_x000D_
_x000D_
कार्यक्रम नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’ हुँदै ‘लामपाते सुरती’, ‘चरि मर्यो’ सम्म पुग्यो।
_x000D_
_x000D_
‘जोमसोमै बजारमा’ गाइरहेको बेला गायक अमृतले अघिल्लो दिनको अनुभव सुनाए। ‘हिजो यहाँका केही स्थानीयले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनु भएको थियो,’ उनले नेपाल चिनाउँदै थपे, ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानुपर्छ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचे छमछमी’ जस्ता गीतहरु प्रस्तुत गरिरहँदा भिक्षु पोशाकमै उपस्थित पचासौं युवाहरु पनि नाचिरहेका देखिन्थे।
_x000D_
_x000D_
तीनदिने उत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले शनिबार गरेका थिए। त्यसैको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाट भएको हो।
_x000D_
_x000D_
सँधैजस्तै सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।