इटहरी- पत्रकारिता लोकतन्त्रको जननी रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। नेपाल प्रेस युनियन सुनसरीको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै कार्कीले प्रेसबिना लोकतन्त्र अधुरो रहने बताए।
_x000D_
_x000D_
लोकतन्त्रलाई जन्माउन र टिकाउन पत्रकरिताको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। सुनसरीमा नेपाली कांग्रेसले पाएको सफलतामा प्रेस युनियनको महत्त्वपूर्ण भूमिका रहेको समेत उनले बताए।
_x000D_
_x000D_
अहिलेको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन प्रयत्न गरिएको हुँदा प्रेस युनियनले त्यसको खबरदारी गर्नुपर्ने उनको भनाइ थियो। 'यो सरकार विकेन्द्रीकरणको विपक्षमा छ। सम्पूर्ण जनतामा उजागर हुनुपर्छ,' उनले भने।
_x000D_
_x000D_
लोकतन्त्रमाथि बादल लागिरहेको अवस्थामा कांग्रेस चुप लागेर बस्न नसक्ने भन्दै उनले त्यसको लागि प्रेस युनियनले सहयोग गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।