• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारमाथि सत्तापक्षकै प्रहार : 'म नै राज्य हुँ' भन्ने अहंकारले समृद्धि कसरी?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  १६:१५
1140x725

सुर्खेत- ‘मन्त्रीज्युहरुले यति निम्न स्तरको सोचाइ र शैली प्रस्तुत गर्नुहोला भनेर मैले कल्पना पनि गरेको थिइन।’

_x000D_ _x000D_

बुधवार बसेको कर्णाली प्रदेशसभाको वैठकमा बोल्दै सांसद विन्दमान विष्टले भने, ‘पहिले पारित गरिएको बजेटमा एउटा कार्यक्रम छ र अहिले रकम छुट्याउँदा त्यो बजेटको कुनै शीर्षक नै छैन। मन्त्रीहरुलाई जेजे मन लाग्यो त्यसरी नै अघि बढ्ने हो भने समृद्धि प्रदेश कसरी बन्छ?’ 

_x000D_ _x000D_

संसदमा जति आक्रामक बनेर सरकारको आलोचना गरिरहेका थिए प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही, त्यति नै आक्रामक देखिए सरकारकै नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विष्ट। उनले बजेट पारित गर्दा मन्त्रीहरुलाई विश्वास गरेर आफूहरुले धोका पाएको टिप्पणी गरे। ‘बजेट पास गर्ने बेलामा कार्यक्रमिक रुपमा पास नगरौं कि भन्ने कुरा भएको थियो तर मन्त्रीहरुलाई हामीले विश्वास गर्‍यौं। बजेटमा जे जसरी कार्यक्रम ल्याइएको छ त्यसैको वरिपरि रहेर रकम छुट्याउनुहोला भन्ने लागेको थियो। तर यति निम्न स्तरको सोच र शैली प्रस्तुत गर्नुहोला भनेर मैले कल्पना पनि गरेको थिइनँ।’ 

_x000D_ _x000D_

नेकपाकै अर्का सांसद ठम्मरबहादुर विष्टले मन्त्री र मन्त्रीहरुकै आसेपासेको वरिपरि बजेट घुमेको टिप्पणी गरे। मन्त्रीकै मनपरीमा बजेट बाँडफाँट गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सरकारको पाँचवर्षे कार्यकालमा आफू पनि मन्त्री भएर आफ्नो क्षेत्रका लागि बजेट ल्याउन पाउने व्यवस्था गरिदिन आग्रह गरे। विष्टले मन्त्रीहरुले म आफै नै राज्य हुँ भन्ने अहंकारसहितको बजेट ल्याएको टिप्पणी गरे। रकम विनियोजनको अवस्था हेर्दा आफूलाई लाज लागेको भन्दै उनले सरकारको यति गति र मतिले समृद्धि प्रदेश बनाउन नसकिने जिकिर गरे।

_x000D_ _x000D_

सांसद पद्मा खड्काले सरकारले बजेट विनियोजन गर्दा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुबीच विभेद गरेको आरोप लगाइन्। साथै उनले वडाहरुले छनोट गर्नुपर्ने योजनामा प्रदेश सरकारले बजेट छरेको भन्दै यसलाई सच्याएर कार्यान्वयन गर्न सुझावसमेत दिइन्। 

_x000D_ _x000D_

प्रदेशसभाको वैठकमा बोल्दै नेकपाका सांसदहरु अम्मरबहादु थापा, पदमबहादुर रोकाय, गोपाल शर्मा लगायतले पनि सरकारको चर्को आलोचना गर्दै बजेट कार्यान्वयनमा मन्त्रीहरुको मनपरी नभई सांसदहरुलाई पनि सँगसँगै लगेर जान सुझाव दिएका थिए। 

_x000D_ _x000D_

वडाअध्यक्ष हुने व्यक्ति मन्त्री!
_x000D_ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले सरकारको कडा आलोचना गरेका छन्।

_x000D_ _x000D_

बुधवारको संसद बैठकमा उनले वडा सदस्य र अध्यक्ष हुनुपर्ने व्यक्तिहरु अहिले कर्णाली प्रदेशको मन्त्री बनेको टिप्पणी गरे। प्रतिपक्षी दलको नेता शाहीले मन्त्रीहरुको क्षमतामाथि प्रश्न गरेका छन्। झट्ट हेर्दा पढेलेखेका, बौद्धिक व्यक्तिजस्तो देखिए पनि मन्त्रीहरु भित्रैदेखि खोक्रो भएको उनको भनाइ थियो। ‘बाहिरबाट हेर्दा हिमालजस्तै टल्कने हुनुहुन्छ तर भित्र धमिराले खाइसकेको रहेछ,’ शाहीले भने। मन्त्रीहरुप्रति आक्रामक देखिएका सांसद शाहीले थपे, ‘अहिलेका मन्त्रीहरुलाई बरु वडा अध्यक्ष वा सदस्य बनाएको भए पो राम्रो हुने थियो कि? किनकि उहाँहरुको दायित्व वडामा सीमिति भएको छ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

शाहीले कहिले सिधा र कहिले व्यंग्यात्मक रुपमा सरकार र मन्त्रीहरुको आलोचनामै आफ्नो अधिकांश समय खर्चिए। सरकारले ल्याएको रातो किताबमाथि व्यंग्य गर्दै शाहीले भने, ‘सरकारले जुन कुरा रातो किताबमा ल्याएको छ, हामीलाई खुसी लागेको छ। म यति खुसी भएको छु कि संविधान लेख्दा मुलुकलाई समाजवाद उन्मुख भनेर लेखिएको थियो तर हाम्रो प्रदेश त समाजवाद होइन साम्यवादी भइसकेको रहेछ।’ 

_x000D_ _x000D_

उनको व्यंग्य यतिमै रोकिएन। थपे, ‘मन्त्रीज्युहरु सरकार गतिशिल छ भन्नुहुन्छ। यति गतिशील सरकारका छ कि ५० मिटर बाटो आठ महिनामा बन्दैन। यस्तो गतिशीलले कर्णाली प्रदेशको विकास कहिले हुन्छ?’ भाषणमा प्रदेशलाई समृद्ध बनाउने, सुरुङमार्गदेखि रेलमार्ग बनाउनेसम्मका गफ गरे पनि व्यवहारमा कुनै काम हुन नसकेको आरोप शाहीको थियो। उनले सपना देख्नु राम्रो भए पनि विपनामा परिणत हुन नसक्ने सपनाले उँभो गति नलागिने जिकिर गरे। 

_x000D_ _x000D_

बजेटको बाँडफाँटमा पनि विभेद भएको शाहीको भनाइ थियो। उनले मन्त्री र सरकारको भूमिकाप्रति पनि प्रश्न उठाए। ‘मन्त्री र सरकार सदनप्रति उत्तरदायी देखिएन। मेरो बाजेको सम्पत्ति हो अहिले मेरो हातमा आएको छ मैले मनपरी बाँड्न पाउनुपर्छ भनेजसरी गरिरहेका छन्,’ उनले भने, ‘एउटा रातो किताब ल्याउनका लागि चार महिना लाग्ने देखियो। बौद्धिक सर्कलले ल्याउने योजना यस्तै हुन्?’ 

_x000D_ _x000D_

शाहीले बोलेर मात्रै समृद्धि नआउने भन्दै हिमाली जिल्लाहरुमा सयमै योजना कार्यान्वयन गर्नेतर्फ सरकार गम्भीर नहुनु दु:खद भएको बताए। योजना छनौटमा पनि कमजोरी औल्याउँदै उनले भने, ‘योजनाहरु हेर्‍यो भने चक्कर आएर ढल्ने अवस्था छ। मन्त्रीहरु यति मितव्ययी छन् कि गाउँको मेला हेर्न हेलिकोप्टर चढेर जानुहुन्छ।’

_x000D_ _x000D_

आफ्ना कति पुस्ताका नातेदार छन् भनेर हेरेर बजेट विनियोजन गरिएको र भ्रष्टाचारलाई पोस्ने बजेट आएको भन्दै आपत्ति जनाए। साथै उनले अब यो सरकारले केही गर्ला भन्ने आशा र भरोसा नै नरहेको टिप्पणी पनि गरे। ‘सरकारको यही किसिमको रवैया रहने हो भने हामीले विशेष ढंगले सोच्नुपर्ने हुन्छ,’ उनले सदनमार्फत सरकारलाई चेतावनी  दिए। त्यति मात्र होइन उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाही निरीह बनेको टिप्पणी गर्दै भने, ‘कठै मुख्यमन्त्रीज्यु।’

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला
सम्बन्धित सामग्री
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानारी दिएको छ । बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्