काठमाडौं– शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘मालिका’को यतिबेला विभिन्न ठाँउमा ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन्। बुधबार साँझ राजधानीको कुमारीहलमा एक विशेष शोको आयोजना गरिएको थियो।
_x000D_
_x000D_
‘जोन्टा क्लब’ काठमाडौंले आयोजना गरेको उक्त शोमा समाजसेवी, महिला अधिकारकर्मी, साहित्यकार तथा नेपाली अभिनेत्रीले उपस्थिति जनाएका थिए।
_x000D_
_x000D_
फिल्म हेरेर निस्कने अधिकांशले मालिकाको तारिफ गरेका छन्। उनिहरूले ‘मालिका’ एक फिल्म मात्र नभएर समाज परिवर्तनको आधार हुन सक्ने बताए।
_x000D_
_x000D_
फिल्म हेरेर निस्कने क्रममा अभिनेत्री करिश्मा मानन्धरले रेखाको काम समाजका लागि निकै प्रेरणादायक रहेकोे प्रतिकृया दिइन्।
_x000D_
_x000D_
उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘फिल्म हेरिरहँदा यो फिल्म हो या आफू भित्रको वास्तविक भावना हो, छुट्याउन मलाई गाह्रो भइरहेको थियो। त्यसअर्थमा मलाई ‘मालिका’ एउटा फिल्म भन्दापनि मोटिभेशनल क्लासजस्तो लाग्यो।’
_x000D_
_x000D_
फिल्मको तारिफ गर्दै उनले थपिन्,‘रेखाले आफ्ना हरेका फिल्ममा महिला, महिला अधिकार र महिला हिंसाको विषय उठाएको हुन्थ्यो तर ‘मालिका’मा रेखाको काम निकै गहिराई सम्म पुगेको देख्न सकिन्छ। यसले मलाई के लाग्यो भने यो स्तरमा पुगेका कलाकारले अब गर्नुपर्ने काम पनि यही हो। रेखा रियल हिरो हुन्।’
_x000D_
_x000D_
करिश्माले रेखाको ग्ल्यामर र मनोरञ्जनको दुनियामाथि बोल्दै भनिन्, ‘यसअघि जुन कुरा रेखामा देखिँदै आएको थियो आजपनि छ। रेखाले देखाउने मनोरञ्जनको मात्रा पनि फिल्ममा जीवन्त छ र मैलेपनि त्यो मनेरञ्जन लिएँ। तर, रेखाको मनोरञ्जनसँग यसअघिनै परिचित भएर पनि होला मनोरञ्जनभन्दा ‘मालीका’को विषयवस्तुले म धेरै प्रभावित बन्न पुँगे।’
_x000D_
_x000D_
प्रशंसाकै क्रममा करिश्माले रेखालाई स्याल्युट गर्नसमेत पछि परिनन्। भनिन्, ‘रेखाले जुन विषयमा काम गरेकी छन् त्यसको लागि म खै के भनौँ, ‘स्याल्युट फर हर एण्ड हर टिम।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।