काठमाडाैं– लगातार एकपछि अर्काे विवादमा मुछिएपछि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको मन्त्री पद संकटमा परेकाे छ। पछिल्लाे पटक उनले मुख्यमन्त्री डोरमणि पौडेलमाथि अभद्र व्यवहार गरेका छन्।
_x000D_
_x000D_
बुधबारको मन्त्रिपरिषद् बैठक सकिनासाथ उनले मुख्यमन्त्री पौडेलसामु अभद्र व्यवहार देखाएका थिए।
_x000D_
_x000D_
स्थापितले मुख्यमन्त्रीलाई एकोहोरो गालीगलोज गरेको प्रदेश ३ का एक मन्त्रीले जानकारी गराए। बैठकका एजेण्डा सकिएसँगै स्थापितले मुख्यमन्त्रीसँग केही कुरा गर्नुछ भन्दै गालीको शैलीमा आफ्ना कुरा राखेका थिए।
_x000D_
_x000D_
प्रदेशको मन्त्री भइसकेपछि स्थापितले पटकपटक मुख्यमन्त्रीसँग अभद्र व्यवहार गरेको जनाउँदै मुख्यमन्त्री पौडेलले उनलाई हटाउने प्रक्रिया शुरु गरेका छन्। प्रदेश सरकार बनेसँगै पौडेलले गठन गरेको पहिलो पटकको मन्त्रिमण्डलमा स्थापित परेका थिए।
_x000D_
_x000D_
काठमाडौ महानगरपालिकाको मेयर हुँदा महिला हिंसा गरेको भन्दै रश्मिला प्रजापतिले मिटु अभियानमार्फत स्थापितलाई आरोप लगाएकी छन्। साथै अर्की सञ्चारकर्मी उज्ज्वला महर्जनले पनि स्थापितले अनावश्यक फोन कल गरेको आरोप लगाएकी छन्।
_x000D_
_x000D_
स्थापितले महिला सञ्चारकर्मीले लगाएको आरोपको प्रतिवाद गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।